• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ घण्टा अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ घण्टा अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ घण्टा अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ घण्टा अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ घण्टा अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ घण्टा अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ घण्टा अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      २ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      २ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ३ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ३ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ३ दिन अघि
    आज: २०८३ भाद्र १८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

  • लाईभ नेपाल
  • २०८२ बैशाख २८, आईतबार (१ साल अघि)
  • ९७०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काभ्रेपलाञ्चोक । बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् ।

    बर्सेनि चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । जात्राको पहिलो दिन आज बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रुपमा जात्राको सुरु भएको हो भने आजैदेखि घरघरमा भोज पनि सुरु गरिएको छ ।

    यस्तै आजै राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा)गरिने स्थानीय मनिष भोछिभोयाले बताए ।

    उनले अनुसार भोलि बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

    रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

    जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताए । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

    जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताए ।

    उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।

    धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो ।

    चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑