फागुन २२, काठमाडौं । टी-२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, नामिबिया र नेदरल्यान्ड्स बीच भएको उक्त सिरिजको फाइनल खेलमा नेपालले आज नेदरल्यान्डको सामना गर्ने भएको हो। खेल त्रिबि मैदानमा साढे ११ बजेबाट सुरु हुदै छ। आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।
नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।