फागुन २२, काठमाडौं । नयाँ सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुङ्ग्याउन आज कार्यदलको बैठक बोलाएको छ। उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको हो। मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नयाँ सत्ता गठबन्धनले कार्यदल नै बनाएका छन्। कार्यदलमा नेकपा एमालेबाट शंकर पोखरेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट, स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले नै मन्त्रालयको भागबण्डा टुङ्ग्याउने छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार नेपाली काँग्रेससँगको सहकार्यलाई अन्त्य गर्दै नेकपा एमालेसँग सहमति गरेर नयाँ गठबन्धन बनाएका छन्। जसमा सानो आकारको मन्त्रीमण्डल रहेको छ। नयाँ मन्त्रीमण्डलमा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विना विभागीय मन्त्री रहेका छन्।