फागुन २३, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह पक्राउ परेका छन। मिटरब्याज पीडितको तर्फबाट वार्ता टोलीको संयोजक समेत रहेका उनी बालुवाटारबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा अध्यक्ष कुशवाह सहित थप १३ जना आन्दोलनकारी हरु समेत छन। ती मध्य ४ महिला र ९ जना पुरुष हुन।
बैशाख १६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार लगायतका ठाउँमा प्रदर्शन गर्न निषेध गरेको थियो। सोही निषेध गरेको क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनिहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।