• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

      १ घण्टा अघि

      ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

      ८ घण्टा अघि

      मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ८ घण्टा अघि

      देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

      ८ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      ९ घण्टा अघि

      शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

      ९ घण्टा अघि

      सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

      ९ घण्टा अघि

      ‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

      ९ घण्टा अघि

      स्काइवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी सार्वजनिक

      ९ घण्टा अघि

      राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

      ९ घण्टा अघि

      ५१ वर्षे सम्बन्धलाई नयाँ उचाइमा: प्रधानमन्त्री ओलीसँग एउटै पटक अहिलेसम्मकै सबसे ठूलो युरोपेली कूटनीतिक टोलीको भेट

      ९ घण्टा अघि

      राष्ट्र बैंक गभर्नर नियुक्तिमा नयाँ पेंच : प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बोलाउँदै

      ९ घण्टा अघि

      Jagdamba Motors Announces “TVS Great Grand Exchange and Finance Mela” at Bhrikutimandap

      ९ घण्टा अघि

      के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

      ९ घण्टा अघि

      हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप छुट

      ९ घण्टा अघि
    आज: २०८२ जेष्ठ ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काङ्ग्रेस सभापति देउवा प्रचण्ड विकल्प सरकार गठन गर्ने दाउमा, सम्भावना कति?

  • फोमस भण्डारी
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • ७४२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • फागुन २३, काठमाडौं । नयाँ सरकार बनाउने ध्याउन्नमा शिर्ष दलका शिर्ष नेताहरुको दौडधुप दिनानुदिन तिब्र बन्दै छ। मन्त्रालय पुनर्गठन र राष्ट्रियसभाको अध्यक्षमा विवाद हुन थालेपछि सरकारबाट पाखा लगाइएको काङ्ग्रेस पुन सरकारमा फर्किन भएभरको इफोर्ट लगाइरहेको छ। यता पुर्व गठबन्धनको प्रमुख घटक दल काङ्ग्रेसलाई नै हटाएर एमाले र रास्वपा भित्राएका प्रचण्डलाई त्यतिले पनि पुगेको छैन। कतै आफ्नो बाहेक बैकल्पिक गठबन्धन बन्ने पो होकि भन्ने जगजगीले राती पनि सुत्न भुलेका प्रचण्डको अबको लक्ष्य भने माधव नेपाल हुन।

    निर्वाचनमा थ्रेसहोल्ड समेत कटाउन नसकेपनि हरेक पटक सरकार निर्माणका क्रममा खाचो भित्र पर्दै आएको नेकपा एकीकृत समाजवादी पार्टी भने फेरि पनि प्रचण्डको नयाँ सरकारका लागी जरुरी रेखा भित्र छ। सोही कारण आफ्ना विरुद्ध अर्को गठबन्धन नबनोस भनेर निकै चतुर्‍याइँका साथ लागेका प्रचण्ड माधव नेपाललाई रिझाउन व्यस्त छन्।

    यता पुरानो गठबन्धनबाट माओवादी बाहेक रहेलपहेल पार्टीलाई समेटेर फेरि सरकार बनाउन पो सकिन्छ कि भन्नेमा आस नमारेको काङ्ग्रेस पनि नेपाललाई आफू भन्दा पर राख्न चाहदैन। फलस्वरूप कोटेश्वर अवस्थित माधव कुमार नेपालको निवास अहिले ३ शिर्ष दलका ३ अध्यक्षहरुको पानी पधेरो बनेको छ।

    अक्सर देख्नेहरुलाई काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न नपाएर दुखी छन् भन्ने लाग्छ। भागबन्डा अनुसार देउवाकै पालोमा गठबन्धन भत्किएको कुरा बितितै हुँदा नागरिकमा सो किसिमको सोच हुनु स्वभाविक पनि हो। तर हाल काङ्ग्रेस भने उस्तो ध्यायमा छैन। बरु सत्तामा दोस्रो शक्ति नै भएर बस्ने बानी परेको काङ्ग्रेसले यसपटक पनि रास्वपालाई प्रधानमन्त्रीको अफर गर्न थालेको छ।

    सरकार हेरफेर हुने भएपछि रन्थनिएको काङ्ग्रेस यतिबेला आफुलाई सत्ता प्रमुख बनाउने भन्दापनि आफ्नो समर्थनमा प्रधानमन्त्री बनिदिने पात्रको खोजमा छ। जसको सानो झिलको काङ्ग्रेसले रबिलाई गरेको प्रधानमन्त्रीको प्रस्ताव हो।

    एमाले, माओवादी,रास्वपा र जसपा बाहेक अन्य दलललाई बटुलेर कतै सरकार बनाउन पो सकिन्छ कि सोचेको काङ्ग्रेस मंगलवार देखी कसरत पनि थाल्यो। सुरुमा रन्थनिएर सास रहोउन्जेल आस मार्नु हुन्न भन्ने मान्यता तिर सोझिएका काङ्ग्रेस सभापति देउवा बुधबार श्रीमती आर्जु र पार्टी प्रमुख सचेतक लेखक बोकेर माधव निवास पुगे। जसोतसो छलफल गरि त्यहाँबाट निस्किएका देउवा उही साइत लोसपा अध्यक्ष महन्त ठाकुर निवास पुगे।

    देउवाले देखाएको यो सक्रियताले प्रचण्ड विकल्प सरकार बन्नेपो होकि भन्ने सम्मको अर्को सोच जन्माएपनि यथार्थमा भने यो त्यति सहज छैन। सरकार बनाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ।जुन जुटाउने सम्भावना र सामर्थ्य दुबै काङ्ग्रेसमा देखिदैन। संसदको सबैभन्दा ठूलो दल रहेपनी समानुपातिक र प्रत्यक्ष गरि उ संग जम्मा ८९ सांसद छन्।काङ्ग्रेसका उनै ८९ सांसदसंग बाकी रहेका एकीकृत समाजवादीका १०, जनमत ५, लोसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसद जोड्यो भने कुलमा १ सय ११ पुग्छ।

    यो हिसाबले काङ्ग्रेस सरकार निर्माण गर्न सक्ने अवस्थामा छैन। कारणवस काङ्ग्रेसको प्रस्तावलाई रास्वपाले स्वीकार्यो भने पनि रास्वपा संग भएको २२ सांसद १ सय ११ मा जोडिदा कुलमा सांसदकाे संख्या १ सय ३३ हुन पुग्छ। र फेरि पनि नेपाली काङ्ग्रेस बहुमत पुर्याउन असफल हुन्छ। यसरी हेर्दा नेपाली काङ्ग्रेस यसपटक कयौं प्रयासका बाबजुद पनि प्रतिपक्षी दल बन्ने निश्चित देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

    सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

    ‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

    स्काइवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी सार्वजनिक

    समाचार

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑