फागुन २३, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मन्त्री टुंगो लगाएका छन।नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । शक्तिबहादुर बस्नेत, रेखा शर्माले भने मन्त्रीमा निरन्तरता पाउने भएका छन ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टीबाट गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।