फागुन २९, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा गठबन्धनका उमेदवार नारायण दाहाल विजयी भएका छन् ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । विजयी भएका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ससमर्थन गरेका थिए ।
उक्त निर्वाचनमा ५६ जना सदस्यले मतदान गरेका थिए । यता युवराज शर्माको पक्षमा भन्ने जम्मा १७ मत परेको छ । राष्ट्रिय ससभाको अध्यक्षका लागि भएको शर्मालाई कांग्रेसका १६ सांसद र लोसपाका १ सांसद गरि कुलमा १७ सांसदले समर्थन गरेका थिए ।