फागुन ३०, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको बिजेता टोलि बन्न आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ। खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ।
मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो। यसअघि पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।