चैत ६, काठमाडौं । नेपाल विद्यार्थी ससंघ (नेविससंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिए यता विवादित बन्दै आएका लामिछानेविरुद्ध नेविससंघले मंगलबार सिहदरबार अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको नेपाली कांग्रेससले मन्त्री रबि बिरुद्ध संसदमा समेत चर्को आवाज उठाउंदै आएको छ । यता पार्टीका भातृसंगठननहरुले पनि उनि बिरुद्ध सडकमार्फत आवाज उठाउदै आएका छन् ।
यस अघि सोमबार पनि चाबहिलको पशुपति क्याम्पसका नेविससंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले अर्थमन्त्री वर्षमान पुनविरुद्ध पनि प्रदर्शन गरेका थिए ।