चैत ७, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रभु शाहले सरकारलाई अन्य प्रदेश भन्दा थोरै विकास भएका कर्णाली र मधेश प्रदेशलाई प्राथमिक्तामा राख्न अनुरोध गरेका छन् ।
बुधवार सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि बिनियोजन विधेयकका लागि सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा आफ्नो राय राख्न रोष्टम पुगेका शाहले सरकार समक्ष यस्तो अनुरोध गरेका हुन् ।
उनले मधेश प्रदेश र कर्णाली प्रदेश मानव विकास सुचांकमा समेत पछि परेकाले सरकारले छुट्याउने बजेटमा मधेश र कर्णाली प्रदेशलाई प्राथमिक्तामा राखेर अलि धेरै बजेट छुट्याउन आग्रह गरेका छन् । शाहले हिजोको समग्र क्षेत्रमा विकसित रहेको मधेश प्रदेश आज कसरी अन्य प्रदेश भन्दा पछाडी पर्न गयो भन्दै प्रश्न समेत गरेका थिए ।
“हिजो शिक्षामा, स्वास्थ्यमा, उद्योगधन्दामा, उत्पादन लगायत समग्र रुपमा अगाडी रहेको मधेश प्रदेश आज कसरी पछाडी रहयो?” उनले जवाफ मागे । “यस्को जवाफ कस्ले दिने ? जस्लाई पछाडी पारे उसैलाई अगाडी ल्याउन प्रयास गर्नु पर्छ कि पर्दैन ?” उनले पुन प्रश्न थपे ।