चैत १०, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटकिय बस दुर्घटनामा परेको छ। बा १ प ११३९ नम्बरको बस तनहुँको गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो। आज बिहान साढे ६ बजे काठमाडौंका लागी हिडेको उक्त बसमा २६ यात्रु सवार थिए। सवारत यात्रु मध्ये ६ जना चिनियाँ नागरिक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्।
उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। खाणका अनुसार चालकलाई समेत नियन्त्रणमा लिएर दुर्घटनाका बारे थप अनुसन्धान समेत हुँदै छ।