चैत १९, काठमाडौं । देशको संघिय राजधानी समेत रहेका वागमती प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ दलहरुबीच आलोपालो गर्ने सहमति भएको छ । यो सगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिश्वासको मत समेत पाउने निश्चित भएको छ ।
एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएको थियो । सोमबार १ बजे प्रदेश सभामा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूचि थियो । सत्ता सारथी दलले आलोपालो नभए विश्वासको मत नै नदिने भन्दै अड्को थापे पछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए ।
प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल समेत भएको थियो । छलफल प्रश्चात अन्तत वागमती प्रदेशमा एमाले र एकिकृत समाजवादी बिच मुख्यमन्त्रीमा आलोपालो गर्ने निर्णय भएको हो ।