चैत १९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पुर्व अध्यक्ष रेशम लाल चौधरीले गुण्डा लगाई आफनै पार्टीका केन्द्रिय सदस्यमाथि आक्रमण गराएका छन् । सोमबार अनामनगर स्थित (नाउपाकै) पार्टी कार्यालयमा आफु विरुद्ध प्रश्न उठाएको भन्दै चौधरीले उनि माथि आक्रमण गराएको पिडितले बताएका हुन् । आक्रमण हुनेमा नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्य रमेश विश्वकर्मा छन् ।
पिडित विश्वकर्माले आफनो ज्यान खतरामा रहेको भन्दै आजै रिपोर्टस कल्बमा पत्रकार सम्मेलनको समेत आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा उनि संगै टिकापुर नगरपालिकाका मेयर रामलाल डंगोरा थारु, सोहि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लाल बिर चौधरी र वडा नं ५ का वडा अध्यक्ष बलबिर चौधरी समेत उपस्थित थिए ।
पत्रकार सम्मेलनमा बोलेका पिडित विश्वकर्माले यस अघिको बैठकमा पनि चौधरीले सुदुरपश्चिम प्रदेशमा कमल बहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्न जवर्जस्ति आदेश दिएको बताए । “मैले प्रति केन्द्रिय सदस्य २५ हजार किन उठाउनु भयो र आधिकारिकताका लागि निर्वाचन आयोग सम्म ति अबैधानिक नाम लगेर किन पुग्नु भएन ? यसमा त पार्टी चुकेकै होनि भनेर प्रश्न गरे । बदलामा म माथि कोठा बन्द गरेर आक्रमण भयो ।” उनले भने “यो पत्रकार सम्मेलन मैले म माथि आक्रमण भएको कारणले मात्रै आयोजना गरेको होईन । रेशम चौधरीले आईतबारको मिटिङ मा पनि शुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहको सरकारमा नेमकिपाले सहयोग नगरेर ढल्यो भने चारै जनाको हत्या पनि हुन सक्छ सम्म भनेर सम्म धम्कि दिए । मैले ज्यानकै खतरा देखेर यो सम्मेलन आयोजना गरेको हुं ।”
विश्वकर्माले आज उनिमाथि भएको हातपात घटना प्रति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने खेद प्रकट गरेको समेत बताएका थिए ।