बैशाख १३, भक्तपुर । भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाईको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा आगलागी हुँदा १० वटा गाई सहित १८ लाख ९० हजार बराबरको आर्थिक क्षति समेत भएको हो। ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो ।
आगोमा जलेर न्यौपानेका १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको बताईएको छ ।दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा उक्त आगोलाई नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पनि खटिएको थियो ।