जेठ ४, काठमाडौं । तरकारि उत्पादन किसान सघ किसानले तरकारिको उचित भाउ नपाएको भन्दै आन्दोलित भएको छ ।
काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सघले भारतबाट ल्याएको विषादी युक्त तरकारिले नेपाली किसान र उपभोक्ता दुबै मारमा परेको र नेपाली किसानहरुले उत्पादनको उचित मुल्य नपाउदा जीवन मरनको दोसादमा पर्नुपरेको गुनासो गरेका छन् ।
तरकारिको उचित मुल्य निर्धारण र नेपाली उत्पादनको सहज बिक्रि हुने वातावरण मिलाउन कालिमाटी फलफुल तथा तरकारी बजार किसान समितिलाई ध्यान आकृष्ट गर्दै किसान समितिमा किसानको प्रतिनिधित्व ५१ प्रतिशत हुनुपर्ने ,कालिमाटि स्टलहरुमा ५० प्रतिशत किसानको प्रतिनिधित्व हुनुपर्ने र गोलभेडा र काक्रोको मुल्य खर्चको आधारमा न्युनतम ४० रुपैया तोकिनु पर्ने निति लागु होस् भन्दै तरकारी उत्पादन किसान सघका अध्यक्ष माया के सिले कालिमाटि फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारि निर्देशक महादेव पौडेल समक्ष ज्ञापन पत्र बुझाउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा सघमा आबद्ध किसान प्रतिनिधि र उल्लेख्य कृषि पत्रकारहरुको उपस्थिति रहेको थियो ।