जेठ १७, काठमाडौं ।क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुन अस्वीकृत भएको छ ।बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुन भिसा दिन अस्वीकार गरेको हो ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि जेठ ९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।