असार २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणमा सम्मिलित बेचन झालाई पक्राउ गरेको कारण सरकार ढलेको जिकिर गरेका छन् ।
सोमबार प्रतिनीधी सभाको बैठकमा समय लिएर बोलेका वाग्लेले असार १४ गते झा पक्राउ पर्नु र १६ गते सरकार ढल्नु यसैको उपज भएको बताएका हुन् । उनले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र उनको गृह प्रशासन लाई सेटिङ गरेर क्याबिनेट बाट निर्णय गराई जिउदा नेपानलीलाई नक्कली भुटानी सरणार्थी बनाई अमेरिका पठाउने उक्त प्रपञ्चबारे निरन्तर नेपाल प्रहरीले अनुसन्धान गरिरहेको समेत बताए । साथै वाग्लेले यो मुद्धा अमेरिकाको सक्तिशाली फेड्रल ब्युरो अफ ईन्भेष्टिगेसन (एफबिआई) मा पनि बिचाराधीन रहेको बताए ।
यस घटनाबारे उकालो अनलाईन पत्रीकाले अडियो टेप सहित विस्तृत लेख समेत प्रकाशित गरेको सांसद वाग्लेले बताएका छन् ।
झा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान अपराधमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा असार १४ गते पक्राउ परेका थिए ।