असार २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली कांग्रेसस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले दुई पार्टी पद्धतिमा लैजान खोजेको भए त्यो पश्चगामी हुने बताए ।
‘यो बयलगाडामा बोकेर ल्याएको संविधान त होइन, हजारौं जनताको त्याग बलिदानबाट प्राप्त संविधान हो । यसले मल्टीपाटी सिस्टम (बहुदलीय व्यवस्था) लाई प्रत्याभूत गरेको छ । हाम्रो माझमा विविध जाति वर्ग समुदाय छन्, तिनको प्रतिनिधि थलो भनेको मल्टीपार्टी सिस्टम हो’, उनले भने, समाजमा दुई पार्टी सिस्टमको बहस चल्ने गरेको छ । त्यतातिर लान खोजियो भने पश्चगामि हुन्छ ।’
नेपालको संविधानको मुख्य मर्म धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हो भन्दै उनले संविधान संशोधनको नाममा त्यसलाई अटाउन खोजिए पश्चगमन हुने बताए ।
कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नभएको र संशय रहेको उनको भनाइ छ । विगतमा एमाले र माओवादीबीच गठबन्धन र पार्टी एकता हुंदा नभएको राजनीतिक स्थायीत्वको अहिले परिकल्पना गर्न नसकिने सांसद घर्तीले बताए ।