असार २५, काठमाडौं । नेपाल ससमाजवादी पार्टी(नेससपा)का सांसद महेन्द्र राय यादवले संविधान संसोधन गर्दा समानुपातिक र समावेशीतालाई नहटाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनीधीसभा बैठकमा संविधान संसोधनबारे बोलेका यादवले आउदो सरकारलाई समानुपातिक र समावेशीतालाई नहटाउन भन्दै आग्रह गरेका हुन् ।
उनले भने यो देशको संघियता, धर्म निरिपेक्षता, समानुपातिक र समावेशीता संविधानका ४ पिलर भएको दावी समेत गरेका थिए । यी चारवटा पिलरमा समानुपातिक र समावेशीता हटाउने जुन भाष्य उत्पन्न भएको छ यसमा म सम्मानिय सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहान्छु । संविधान संशोधन गर्दा सर्वपक्षिय हिसाबमा होस् ।’
सांसद यादवले संविधान संसोधन गर्न दुई ठुला दल मिलेर दुई दलिय सिष्टममा लान र थ्रेस होल्डको सिष्टम हटाउन खोजेको भन्दै आरोप समेत लगाएका छन् ।