असार २५, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओलिले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा ११ खर्व ऋण बढाएर गएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनीधीसभा बैठकमा विशेष समय लिएर बोलेका दाहालले ओलि नेतृत्वको साढे ३ वर्षे कार्यकालको स्मरण गर्दै यस्तो बताएका हुन् । सांसद दाहालले ओलि सरकारमा जादा बैदेशीक ऋण ७ खर्व मात्र रहेको रएको तर सरकारबाट फर्किदा भने १८ खर्व पुर्याएको जिकिर गरेका थिए ।
‘पहिले ३ वर्ष सरकार चलाउदा ११ खर्व ऋण बढ्यो त्यहि ११ खर्ब ऋण तिर्न यो वर्ष पनि ४ खर्व ऋण लिनु पर्यो । अहिले २४ खर्व नेपालको ऋण पुगेको छ । अब ओलिले २ वर्ष सरकारको नेतृत्व गरे २४ को साटो ४८ खर्व पुग्न सक्छ’ उनले भने । ओलिका पालामा भएका भ्रष्टाचारका फाईल हालको सरकारले खोल्दै गरेको दाहालले बताए । ‘उहांकै पालामा भएका संस्थागत भ्रष्टाचारका फाईलहरु खुल्दै छन् । त्यहि फाईल खोल्ने प्रक्रियामै नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टि–स्टेट कम्पनी संग जोडिएका फाईलहरु खुल्दै थिए ।’
सांसद दाहालले यी प्रकरणका अनुसन्धान रोक्नका लागि नै सरकार ढाल्न खोजिएको आरोप समेत लगाए ।