असार २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद्का घटना बढेकाले विश्वासको मत दुई घण्टा सपछि लिने आग्रह गर्दा कांग्रेस र एमाले नमानेको बताएका छन् । शुक्रबार संघिय संसदमा विश्वाससको मत लिने प्रस्ताव पेश गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘आज नै विश्वासको मत माग्न उचित होला कि नहोला भनेर सोचें । तर कांग्रेस र एमाले छिटोभन्दा छिटो सरकार बनाउन उद्दत भएको देखेको उनले सुनाए । हिजो मात्र प्रमुख सचेतकमार्फत २ घन्टा बैठक सारौं भन्दा स्वीकार नगरेको भन्दै उनले भने, ‘अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीस संग यो कुरा गरिनं ।’यद्यपि आफ्नो मनस्थिति के थियो भन्ने संसदलाई जानकारी गराउन चाहेको उनले बताए ।