असार २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमाले विमर्शमा नभएर षणयन्त्रमा भएको आरोप लगाएका छन् । शुक्रबार संघिय संसदमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा दाहालले काङ्ग्रेस र एमाले षणयन्त्रमा रहेको तथ्य एक अर्काले सहमति गरेको ठाउं र समयले पुष्टि गरेको आरोप लगाएका हुन् । ‘नियत सफा हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यहि सम्मानित सदनमा सुरु गर्न सकिन्थ्यो । तपाईंहरु विमर्श होईन तपाईहरु षणयन्त्रमा हुनुहुन्छ ’, दाहालले भने । दाहालले काङ्ग्रेस र एमाले बिच स्वभाविक र विवेक सम्मत काम भएको भए उनिहरुमा त्यो तहको डर पैदा नहुने समेत दावी गरेका छन् ।