असार ३०, काठमाडौं । नेपाली कांग्रेस इतर पक्षले पार्टीभित्र चार मन्त्रालयका लागि माग राखेको छ ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा बसि रहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको बारे बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।