साउन ९, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि सोही एयरलाइन्सका १८ जना कर्मचारीको मृत्यु भएको छ । बुधबार बिहान ११ बजे मर्मतका लागि पोखरा जान लागेको उक्त विमानमा सवार १९ जना कर्मचारी मध्ये १८ जनाको मृत्यु भएको छ भने १ जना घाईते पाईलट उपचारकालागि अस्पताल लगिएको नेपाल प्रहरीले बताएको छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएर विमान दुर्घटना भएको थियो ।