• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      ४ घण्टा अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १८ घण्टा अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      १ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      १ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      १ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      १ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      १ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      २ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      २ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      २ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      २ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      २ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      २ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ दिन अघि
    आज: २०८३ भाद्र २७, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    बालेनको टिप्पणी : देश डुबेको हेर्ने भए सिंहदरबार वैद्यखाना जानू

  • लाईभ नेपाल
  • २०८१ कार्तिक १४, बुधबार (१ साल अघि)
  • १४८९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । कुनै बेलाको देशकै प्रतिष्ठित सरकारी निकाय सिंहदरबार वैद्यखाना डुब्ने अवस्थामा पुगेको छ ।

    चर्चित औषधिहरू उत्पादन गरेर ख्याती कमाएको यो संस्थान उँभो लाग्नुको साटो दिनदिनै ओरालो यात्रामा छ । औषधि उत्पादन नै गर्न नसक्ने अवस्थामा पुगिसकेको यो संस्थानले बुधबार मन्त्रीसहितलाई बोलाएर एक कार्यक्रम गर्‍यो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समेत उपस्थितिमा सिहंदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस बनायो । समितिले त्यहीँ ३० औँ वार्षिकोत्सवका कार्यक्रम पनि गर्‍यो ।

    कार्यक्रममा प्रमुख वक्ता थिए पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारको कोसिस गरिरहेका स्वास्थ्यमन्त्री पौडल। त्यसैगरि काठमाडौंका मेयर बालेन्द्र शाहले पनि केही मिनेटको मन्तव्य मञ्चमा उक्लिएर दिए ।

    शाहले आफू बाल्यकालदेखि देखेको एउटा सरकारी संस्थान डुब्न लागेको सुन्दा दिक्क लागेको बताए ।

    ‘सरकारी संस्थान डुबाउन निजीकरण गरिन्छ । २०५८ मा ५ करोड बजेट भएको सिंहदरबार वैद्यखानामा अहिले एक करोड बजेट छ । अहिले जता पनि भवन छ तर औषधि उत्पादन छैन । सरकारले चलाएका उद्योग कसरी डुब्छन् भन्ने सिंहदरबार वैद्यखाना आएर हेरे पुग्छ’, उनले भने, ‘सरकार परिवर्तन भएपिच्छे यहाँका एमडी फेरिन्छन् । पहिले त ५० हजारमा पनि एमडी फेरिन्थे, अहिले पनि त्यही रोग होला यहाँ ।’

    स्वास्थ्यमन्त्री पौडेल उपस्थित कार्यक्रममा उनले संघीय सरकारतिर पनि कटाक्ष गर्न भ्याएका छन् । ‘हाम्रो सरकारको रुप हेर्न सिंहदरबार वैद्यखाना जानू । यदि सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेद जोगाउन सकिँदैन भने देश पनि जोगाउन सकिँदैन’, उनले भने, ‘वीर अस्पताल, शिक्षण अस्पताल, नरदेवी अस्पताल र सिंहदरबार वैद्यखाना सबे डुबेका छन् । यी सबैलाई सरकारले उकास्नुपर्छ ।’

    शाहले औषधि उत्पादन गर्ने संस्था घाटामा जान नसक्ने बताए । ‘औषधि उत्पादन गर्ने सरकारी संस्थान कसरी घाटामा जान सक्छ ? केही मूल्य राखेर औषधि बेच्ने संस्था घाटामा जान सम्भव छैन’, उनले भने, ‘जडीबुटी ठेक्कामा लिँदा राम्रो आउँदैन, अनि औषधि राम्रो उत्पादन हुँदैन । यहाँको औ‍षधिमा हेभी मेटलको भष्म हुन्छ भनेर हल्ला गरिन्छ । हेभी मेटल हुन्न, त्यसको भष्म चाहिँ हालिने हो । आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो ।’

    उनले सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा गरे । ‘स्वास्थ्यमन्त्रीले राम्रो काम गर्नु हुँदैछ । अर्थ समितिका सभापति सन्तोष चालिसे पनि यहीँ भएकाले अब यो वैद्यखाना राम्ररी चल्छ, यसले अब पर्याप्त बजेट पाउँछ।’

    उनले सिंहदरबार वैद्यखानालाई राम्रोसँग चलाउनुपर्ने बताए । ‘म पनि यहीँ ५/७ वर्ष खेलेर हुर्केको हुँ । कहिलेकाहीँ कम्प्लेन आउँछ छिमेकीको, चर्को धुवाँ आयो भनेर, हामी त्यसको व्यवस्थापन गर्छौँ’, उनले भने, ‘यदि सरकारले चलाउन सक्दैन भने महानगरले चालउँछ । यो देश किन डुबेको भनेर हेर्न मन छ भने विद्यार्थीहरूले सिंहदरबार वैद्यखाना हेरे पुग्छ ।’

    उनले सम्बोधनका क्रममा ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिएर कि त निजी क्षेत्रको प्रभावमा परेर डुबाइने गरेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    समाचार

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑