काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई यति एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। आरोपलागेसँगै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिएका थिए । अधिकारीलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ।
