• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

      ५४ मिनेट अघि

      Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

      २ घण्टा अघि

      तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

      २१ घण्टा अघि

      ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

      २१ घण्टा अघि

      कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

      २२ घण्टा अघि

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      १ दिन अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      १ दिन अघि

      पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

      १ दिन अघि

      Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

      १ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

      १ दिन अघि

      युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

      १ दिन अघि

      बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

      १ दिन अघि

      रविको निर्देशन- मनमुटाव कोठाभित्रै टुङ्ग्याउनु पर्छ, सडकमा तमासा नदेखाउनू

      १ दिन अघि

      रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

      १ दिन अघि

      NIC ASIA Bank Limited Appoints NIMB ACE Capital Limited as Issue and Sales Manager for Rights Share Issuance

      १ दिन अघि
    आज: २०८३ अषाढ ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसकाअवसरमा बोसिया खेलकुद कार्यक्रम

  • लाईभ नेपाल
  • २०८१ पौष ४, बिहिबार (१ साल अघि)
  • ४०५८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २३ मिनेट

  •  

    शर्मिला विश्वकर्मा

    काठमाडौँ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि डिसेम्बर ३ तारिखका दिन संयुक्त राष्ट्र सङ्घले तय गरेको “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future.” भन्ने अन्तर्राष्ट्रिय नारा र नेपाल सरकारद्वारा निर्धारित गरिएको ” समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार ” राष्ट्रिय नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा यसै महासंघ र अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले यस दिवसको अवसरमा डिसेम्बर महिना भरी विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेका छन् ।

    यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा गत मङ्सिर २७ गते काठमाडौँमा बेसिया खेलकुद कार्यक्रमको आयोजना गर्योन । यस बोसिया खेलकुद कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघ नेपालकी अध्यक्ष गोमा देवी पौडेलले मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइनल विफिडा तथा स्नायु सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया खेल खेलाइने बताउनु भयो । यसै क्रममा उहाँले यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरू पूर्ण अपाङ्गता हुने र उनीहरूका जुन अङ्ग क्रियाशील छन् ती नै अङ्गले खेल्न सक्ने खेल नै बोसिया खेल भएको भन्दै बोसिया खेललाई नेपाल सरकारले आवश्यकता अनुसारको लगानी गर्न नसकेको बताउनु भयो । साथै उहाँले यो बोसिया खेललाई सन् २००६ मा आफैले जापबाट सिकेर आएर नेपालमा स्थापना गरेको र यो खेलमा रातो, सेतो, निलो गरी ३ प्रकारका बल हुने र ती बललाई गुडाएर मापदण्ड अनुसारको नियममा खेलिने हुँदा यस खेल प्रति यस्ता बालबालिकाहरूको लगाव बढेको भएता पनि अपाङ्गता अनुकूलको खेलमैदानको अभाव, आवश्यक लगानी गर्न कठिनाइ हुने हुँदा सबैलाई समावेश गर्न नसकेको गुनासो गर्नु भयो । उहाँले यो बोसिया खेललाई सबै प्रदेशमा राष्ट्रिय स्तरमा खेलाउनु पर्ने भनेर वकालत तथा पैरवी गर्दै आएको पनि बताउनु भयो ।

    यस बोसिया खेलकुद कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम तिवारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद अन्तर्गत गोमादेवी पौडेलले पुर्यायएको योगदानको कदर गर्दै अबका दिनमा बोसिया खेलकुदका लागि उनीहरू अनुकूलको खेल मैदान निर्माण गर्न, विभिन्न सार्वजनिक पार्कहरूमा रहेका खेल मैदानहरू अपाङ्गता अनुकूल बनाउन, सहज रूपमा ह्विलचियर तथा अन्य सहयोगी सामग्री जान सक्ने वातावरणको लागि आवश्यकता अनुसारको र्याूम्प राख्नको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने, यसै खेलका विषयमा छलफल गर्नका लागि बोसिया खेलका खेलाडीहरू तथा सम्बन्धित व्यक्तिहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटाउने प्रतिवद्ता पनि व्यक्त गर्नु भयो ।
    काठमाडौँमा बेसिया खेलकुद कार्यक्रममा इम्पुटी एसोसिएसन नेपालका अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले गोमा देवी पौडेलले जापनबाट यस बोसिया खेलको प्रशिक्षण लिएर नेपालमा स्थापना गर्नको लागि गर्नु भएको योगदान अतुलनीय रहेको भन्दै अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघ नेपालले गर्ने बोसिया खेलको संरचनाको लागि, संस्थागत विकासको लागि निर्माण गरिने कार्यहरूमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनु भयो । साथै उहाँले खेलकुदले अपाङ्गता भएका व्यक्तिहरूका लागि थेरापीको काम गर्ने, एक अर्कामा प्रतिस्पर्धा गराउने, मनोरञ्जन दिने हुँदा यो खेलको विकासको लागि राज्य स्तरबाट सहयोग हुन जरुरी रहेको र यस्ता गतिविधिहरूलाई निरन्तरता दिने कुरामा लागि पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले राज्य स्तरबाट बोसिया खेल प्रतियोगिताको लागि पनि राज्यबाट आवश्यक बजेट विनियोजन भएमा उनीहरूलाई नियमित रूपमा तालिम प्रदान गर्दै यस खेलमा सहभागी गराउन सहज हुने हुँदा राज्यले यस विषयमा ध्यान दिनु पर्ने बताउनु भयो ।

    कार्यक्रम सञ्चालनका क्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघ नेपालकी निवर्तमान महासचिव देवकला पराजुलीले बोसिया खेलको विकासको लागि राज्य स्तरबाट खेल मैदान बनाउन, तालिम दिन, खेल सामग्रीहरू उपलब्ध गराउनका लागि सहयोग गरिदिने हो भने प्राविधिक रूपमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले सहयोग गर्ने भन्दै यो खेलको विकासका लागि अधिकारकर्मी तथा नेपालमा बोसिया खेलको स्थापनाकर्ता गोमादेवी पौडेलाई सधैँ साथ दिने प्रतिवद्ता व्यक्त गर्दै बोसिया खेललाई अगाडी बढाउनका लागि र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीहरूलाई सहभागी गराउन पनि साथ दिने बताउनु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको बोसिया खेलकुद कार्यक्रममा विगत १२ वर्ष देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनु भएको बोसिया खेलका राष्ट्रिय प्रशिक्षक बाबुकृष्ण रञ्जितले बोसिया खेल सबैका लागि खेलकुद भन्ने अवधारणाबाट ल्याइएको भन्दै यस खेलको विकासको लागि राज्य स्तरबाट जनचेतना जगाउनु पर्ने, अपाङ्गता अनुकूलको खेल मैदान, उनीहरूका लागि आवश्यक सहयोगी सामग्री तथा खेल सामग्रीहरू, सहयोगीहरूको व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले सबैका लागि खेल स्वास्थ्य, सामाजिकीकरण, मातृत्व विकास तथा मनोरञ्जनका लागि खेलिने भएकाले बोसिया खेलमा सरकार स्थानीय तह देखि नै लगानी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    त्यसै गरी विगत ८ वर्ष देखि बोसिया खेल खेल्दै आएका बेसिया खेलका खेलाडी तथा मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्ति विशाल श्रेष्ठले यो बोसिया खेलले हामी घरको एउटा कोठामा मात्रै सीमित भएका अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा घुलमिल गराउने, खेल खेल्दा मनोरञ्जन हुने, आत्मबल बढ्ने, स्वास्थ्यलाई फाइदा हुने बताउँदै यस खेलको विकासको लागि खेल मैदानहरू अपाङ्गता मैत्री बनाइनु पर्ने र राज्यले लगानी गर्नु पर्ने बताउनु भयो ।
    Sharu

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

    Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

    तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

    ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

    कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    समाचार

    फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

    Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

    तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

    ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑