• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      १४ घण्टा अघि

      आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

      १४ घण्टा अघि

      २०८२ असार २ गते साेमवारकाे राशिफल

      १४ घण्टा अघि

      नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

      १४ घण्टा अघि

      रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

      १४ घण्टा अघि

      नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

      १४ घण्टा अघि

      एनिमल नेपालद्वारा जीवित जनावर ढुवानीमा देखिएका समस्याबारे अन्तरक्रिया

      १ दिन अघि

      राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

      १ दिन अघि

      ‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ शहरअनुसार फरक रणनीति आवश्यक

      १ दिन अघि

      केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      १ दिन अघि

      असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

      १ दिन अघि

      आज यी प्रदेशमा भारी बर्षाकाे सम्भावना

      १ दिन अघि

      आज असार १ गते आईतवार, हेर्नुहाेस् राशिफल

      १ दिन अघि

      मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

      २ दिन अघि
    आज: २०८२ अषाढ २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  मुख्य समाचार

    काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

  • लाईभ नेपाल
  • २०८१ पौष १४, आईतबार (५ महिना अघि)
  • ८१८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

    ‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरू हेरफेर गर्न जरुरी देखिएको छ’, उपप्रमुख डंगोलले भनिन्, ‘विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।’

    संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरूमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रूपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताइन् । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारिन् ।

    संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ विनियोजन भएको थियो ।

    कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।

    त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।

    सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय रुपैयाँ विनियोजन भएकोमा त्यसलाई घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।

    त्यसै गरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको थियो ।

    पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

    महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ ।

    चालु आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार रुपैयाँ बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराइन् । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो ।

    महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

    ‘हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ’, उपप्रमुख डङ्गोलले भनिन्, ‘त्यसै गरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।’

    महानगरपालिकाले चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

    जसमा आन्तरिक राजस्वतर्फ कुल दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।

    स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताइन् । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

    रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    समाचार

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑