• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      ११ मिनेट अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      १ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      १ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      १ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      १ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      १ दिन अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      १ दिन अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि
    आज: २०८३ भाद्र २५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  मुख्य समाचार

    माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

  • लाईभ नेपाल
  • २०८१ माघ ७, सोमबार (१ साल अघि)
  • १६६७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ ।

    सम्मेलनको पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया गर्ने केन्द्रले जनाएको छ । दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरूको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरूसँग छलफल गर्ने केन्द्रको भनाइ छ ।

    सम्मेलनको तेस्रो दिन उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन आयोजना गरिनेछ ।

    केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अन्तिम दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने जानकारी दिए ।

    उनले भने, ‘सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमूलक, प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ता, यस क्षेत्रका अभ्यासकर्ता निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज एवं क्षेत्रगत विज्ञहरू एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ ।’

    ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ । यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरूको सहयोग रहने केन्द्रको भनाइ छ ।

    क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरुको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रुपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रूपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासबारे अनुभव आदानप्रदान सम्मेलनको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

    सम्मेलनमा सम्भाव्य लगानीयोग्य आयोजना प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड, ज्ञानमूलक सामग्रीको उत्पादन, प्रकाशन तथा वितरण पनि सम्मेलनमा गरिनेछ ।

    उनले भने, ‘ऊर्जा रुपान्तरणका लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रुपान्तरणका लागि लगानी आवश्यकता र जलवायु वित्तका लागि विभिन्न संयन्त्र पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा छ ।’

    सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८१ र विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्य योजना, २०८० को प्रभावकारी कार्यान्वयनका लागिसमेत सहयोग पुग्ने अपेक्षा छ । ऊर्जा रूपान्तरणसम्बन्धी विभिन्न विषयवस्तुमा आधारित रही पाँच वटा पूर्णसत्र सञ्चालन गरिनेछ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा काम गर्ने प्रमुख निकाय हो ।

    केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरूको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

    ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत्मार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पु¥याउनेलगायत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विभिन्न लक्ष्य समेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

    समाचार

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑