नुवाकोट । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ८ स्थीत जनज्ञान मा विका विद्यार्थीहरुलाई लक्षित गरी लाईभ नेपाल नेटवर्क प्रा लिको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न भएको हो ।
लाईभ नेपाल नेटवर्क प्रा लिको अध्यक्ष पुष्कर राज पाण्डेको अध्यक्षता तथा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।विशेष अतिथि नेपाल टेलिकम नुवाकोट जिल्ला शाखा प्रमुख विकास महर्जनको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जनज्ञान मा वि का प्रधान अध्यापक अर्जुन प्रसाद लामिछाने,विद्यायका सह प्रधान अध्यापक सत्रुधन पण्डित, विद्यालय व्यवस्थापनका सदस्य राजेन्द्र श्रेष्ठ,विद्यालयका शिक्षक शिक्षीकाहरु,समाजसेवी कृष्ण बहादुर श्रेष्ठ,सुनिल श्रेष्ठ,प्रशिक्षक अच्युत ओझा,पत्रकारहरु लगायत विभिन्न संघस्थाहरुका प्रतिनिधी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
