• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      ८ घण्टा अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      ८ घण्टा अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ३ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ३ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ३ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ३ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ३ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ३ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ३ दिन अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      ४ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      ४ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      ४ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ५ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ५ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ६ दिन अघि
    आज: २०८३ भाद्र २१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेसनल आईसीटी स्कलरसिप २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने

  • लाईभ नेपाल
  • २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
  • १२८३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, ९ फागुन । नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप( २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै उहाँले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्‍याउन योगदान दिने विश्वास व्यक्त गरे। सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्दै जानु आवश्यक रहेकोमा जोड दिँदै उनले भने, “सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्नका लागि यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ । यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके, अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।”

    क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

    ‘नेसनल आईसीटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेले बताइन् । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

    देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई। पंकज जालानले बताए । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

    छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक-निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई जालानको विश्वास छ । सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसरको रूपमा रहेको नेसनल आईसीटी स्कलरसिप – २०८१ ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उgको विश्वास छ ।

    क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।

    छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

    आवेदन क्यान महासंघको वेबसाइट (scholarship.can.org.np) वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (www.lbef.org) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।

    छात्रवृत्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ, जसमा सह-संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दिपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्यद्वय सन्तोष ढुंगाना सदस्य रहनु भएको छ ।
    छात्रवृत्ति संयोजक एवं क्यान महासंघका निवर्तमान अध्यक्ष रणजीत पोदारले विद्यार्थीहरूलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताए ।

    इन्टर्नशिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उहाँले उल्लेख गरे ।

    छात्रवृत्ति सहसंयोजक एवं महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमै प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पारेर देशलाई सूचना प्रविधिको हब बनाउने लक्ष्य रहेको बताए । देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अवसर दिएर नेपालमा प्रविधि नवप्रवर्तनको वातावरण बनाउन यो छात्रवृत्ति प्रभावकारी हुने उनको धारणा छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताउँदै नवप्रवर्तनशील प्रतिभा निखार्न र सूचना प्रविधि क्षेत्रको जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    क्यान महासघका महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधिको अध्ययन र दक्ष जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्न यस्ता छात्रवृत्तिहरू महत्त्वपूर्ण हुने विचार राखे । डिजिटल नेपाल निर्माणको लक्ष्य हासिल गर्नका लागि दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेकाले यो छात्रवृत्ति कार्यक्रम त्यस दिशामा एक महत्वपूर्ण कदम हुने उहाँले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

    वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    समाचार

    नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

    वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑