• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      २२ मिनेट अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      १ घण्टा अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      १ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      १ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

      १ दिन अघि

      बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

      १ दिन अघि

      बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

      १ दिन अघि

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      १ दिन अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      १ दिन अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      १ दिन अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      १ दिन अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      १ दिन अघि
    आज: २०८३ भाद्र २५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘समर शेड्युल’ नहुँदा गौतमबुद्ध विमानस्थल फेरि सुनसान

  • लाईभ नेपाल
  • २०८१ चैत्र २०, बुधबार (१ साल अघि)
  • ११०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • रूपन्देही  । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो ।

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् ।

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले ‘समर शेड्युल’ नलिएको बताए । उनले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताए । ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिए ।

    साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गरे । “सुरूमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो । तर यो नगण्य मात्रामा थियो”, उनले भने, “वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन ।”

    साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गर्नुभयो । “विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ”, उनले भने, “काठमाडौँबाट उड्ने सबै यात्रु काठमाडौँकै होइनन्, समग्र नेपालका हुन् । यस्तो अवस्थामा सबै यात्रु काठमाडौँबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ ।”

    प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्रावल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन । काठमाडौँमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने यहाँको बुझाइ छ । यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ ।

    तर निजी क्षेत्र भने प्रवक्ता साहको यो भनाइ सत्य नरहेको बताउँछन् । एयरपोर्ट सञ्चालनको लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रूपन्देही र यसलाई नेतृत्व गर्नुहुने अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउँछन् । नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उनी बताउँछन् ।

    उनका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ । यसबाहेक काठमाडौँ केन्द्रित व्यवसायीले काठमाडौँभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उहाँको छ । ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानिय फेरि आन्दोलित हुने वातावरण बनाएको बताए।

    त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्याङ्कले देखाउँछ । विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराउनुभएको जानकारीअनुसार ‘विन्टर शेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार एक सय ४८ जना यात्रुले सेवा लिएका छन् । यसमा आठ सय हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट सात हजार एक सय नौ जना उडेका छन् ।

    मार्च महिनामा मात्रै सात हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन् । यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाई दुबईले यात्रु बोकेको तथ्याङ्कबाट देखिन्छ । जजिराले मार्च महिनामा तीन हजार छ सय सात यात्रु र फ्लाई दुबईले दुई हजार तीन सय २३ यात्रु बोकेको छ ।

    विमानस्थलबाट उडान नहुनु सरकारी उदासिनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ । गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो ।

    मङ्गलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यको भनाइ छ । काठमाडौँको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनको लागि डाइभर्सन पूलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उनको भनाइ छ ।

    अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गर्नुभयो । उहाँका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । भैरहवा र पोखराका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तरराष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।

    निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाइ इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाइ टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ । काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ । तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    समाचार

    ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

    छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

    संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

    बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑