• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      १ दिन अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      १ दिन अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      १ दिन अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      १ दिन अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      १ दिन अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      २ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      २ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २ दिन अघि
    आज: २०८३ अषाढ १, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ चैत्र २२, शुक्रबार (१ साल अघि)
  • २१२३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ । कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरिएको हो ।

    कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहको अध्यक्षता, रक्षामन्त्री मानवीर राइको प्रमुख आतिथ्यता र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको विशेष आतिथ्यतामा बिहीबार होटेल र्‍याडिसन लाजिम्पाटमा भव्य समारोह आयोजना गरी उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्ति–व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको हो ।

    कर्पोरेट मिडियाले यो संस्करणमा ११ वटा विधामा २४ वटा अवार्ड र एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । विभिन्न आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहनुभई विभिन्न गतिविधिमार्फत मुलुकको अर्थतन्त्र र समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याएबापत प्रतिष्ठित औद्योगिक समूह आईजे ग्रुपका अध्यक्षसमेत रहनुभएका उद्योगपति रविभक्त श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ अन्तर्गत ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, २०२५’ बाट सम्मान गरिएको छ ।

    उहाँलाई प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाह, उपाध्यक्ष सुष्मा महरा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष तथा अवार्ड छनोट समितिकी संयोजक भवानी राणा, सदस्यहरू ईश्वरलाल फाउण्डेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, आईआईएफटीका अध्यक्ष फुपु तेञ्जिङ शेर्पालगायतले दोसल्ला ओढाई अवार्ड र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    यस्तै, उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, इन्स्योरेन्स, सूचना प्रविधि र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २४ जनालाई ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष तथा संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिनुभयो ।

    को–कसले कुन–कुन अवार्ड पाउनुभयो ?

    संस्थापक सम्पादक शाहले दिनुभएको जानकारीअनुसार यो वर्ष कर्पोरेट बिजनेश लिडरशिप अवार्ड क्याटेगोरीमा नेपाल फ्रेट फरवार्डर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई ‘कर्पोरेट एलिट लिडरशिप अवार्ड’ र नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यलाई ‘कर्पोरेट बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको छ ।

    इन्डष्ट्री एण्ड म्यानुफ्याक्चरिङ क्याटेगोरीमा जाजु ग्रुपका अध्यक्ष महेश जाजुलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड’, शिवम् सिमेन्टलाई ‘बेष्ट म्यानेज्ड कम्पनी अवार्ड’ र मैनाली इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक प्रेमहरि मैनालीलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।

    यसैगरी, मल्टिनेशनल कम्पनी क्याटेगोरीअन्तर्गत निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो र ठूलो दूरसञ्चारप्रदायक कम्पनी एनसेललाई ‘मल्टिनेशनल कम्पनी अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।

    बैंकिङ तथा फाइनासियलतर्फ एभरेष्ट बैंक लिमिटेडलाई ‘कर्पोरेट बैंक अफ द इयर अवार्ड’, लुम्बिनी विकास बैंक लिमिटेडलाई ‘डेभलपमेन्ट बैंक अफ द इयर अवार्ड’, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड’ प्रदान गरिएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड’, एनआईएमबी एस क्यापिटल लिमिटेडलाई ‘मर्चेन्ट बैंक अफ द इयर अवार्ड’ र आईसीएफसी फाइनान्स लिमिटेडलाई ‘फाइनान्स अफ द इयर अवार्ड’ प्रदान गरिएको छ ।

    त्यस्तै, एअरलाइन्स क्याटेगोरीमा कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेलाई ‘एअरलाइन्स लिडर अफ द इयर अवार्ड’ प्रदान गरिएको छ ।

    अटोमोटिभतर्फ ह्याम्स मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक थापालाई ‘बेष्ट अटोमोटिभ बिजनेश लिडर अवार्ड’ र साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठलाई ‘ग्रीन अटोमोटिभ एक्सिलेन्स अवार्ड’ दिइएको छ ।

    वुमन लिडरशिप अवार्डतर्फ भुरमल लुनकरदास कङ्लोमेरेट (बीएलसी) होल्डिङ्सकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई ‘वुमन बिजनेश लिडरशिप अवार्ड’ र फेशन डिजाइनर तथा समाजसेवीसमेत रहनुभएकी आप्पा ह्यान्डिक्राफ्टकी सञ्चालक अम्बिका केसीलाई ‘एक्सिलेन्स इन सोसल सर्भिस अवार्ड’ प्रदान गरिएको छ ।

    यसैगरी, रियल इस्टेटतर्फ लालपुर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय नेपालाई ‘इमर्जिङ रियल इस्टेट अवार्ड’ प्रदान गरिएको छ ।

    टेक्नोलोजी एण्ड इन्नोभेशनतर्फ एभेन्टोज नेपालका निर्देशक डेभिलसिंह राजपुतलाई ‘कर्पोरेट एक्सिलेन्स अन आईटी सर्भिस अवार्ड’ दिइएको छ ।

    युथ अन्टरप्रेनरतर्फ फ्लाइटेक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाहरुख हुसेनलाई ‘युथ अन्टरप्रेनर अवार्ड’ र अमेरिकी आईटी कम्पनी जेल्डा सेक्युरेटी एलएलसीका चिफ अपरेटिङ अफिसर (सीओओ) देवेश श्रेष्ठलाई ‘इमर्जिङ युथ अन्टरप्रेनर अवार्ड’ प्रदान गरिएको छ ।

    यस्तै, कर्पोरेट एक्सिलेन्सी अवार्डतर्फ एआरएस डेन्टल क्लिनिकका प्रबन्ध निर्देशक डा. श्यामकाजी महर्जनलाई ‘एक्सिलेन्स इन हेल्थ सर्भिस अवार्ड’ र क्यूमेड फर्मुलेशन प्रालिका कार्यकारी अध्यक्ष सोहनप्रसाद अधिकारीलाई ‘एक्सिलेन्स हेल्थ केयर प्रडक्ट अवार्ड’ प्रदान गरिएको छ ।

    अवार्ड कार्यक्रममा के–के भयो ?

    कार्यक्रममा कर्पोरेट मिडियाका अध्यक्ष शाहले प्रमुख अतिथि मन्त्री राई र विशेष अतिथि मन्त्री अधिकारीसहित अवार्ड छनोट समिति संयोजक भवानी राणा तथा सदस्यहरू प्रदीपलाल श्रेष्ठ, फुपु तेञ्जिङ शेर्पा, प्रेमलाल महर्जनलाई मायाको चिनो प्रदान गर्नुभयो । यस्तै, स्पोन्सरहरू सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल टेलिकम, श्रेष्ठ कम्पनी प्रालि र फेसियल हाउसलाई पनि मायाको चिनो प्रदान गरियो ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रदीप श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, राजनीतिक विश्लेषक प्रकाशजंग रायमाझीलगायत उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्जीवन बीमा कम्पनीका सीईओहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहने गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहले स्वागत मन्तव्य, उपाध्यक्ष सुष्मा महराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चारकर्मी रोजन शाक्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कला र संस्कृति झल्किनेलगायत विभिन्न सांगीतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।

    कर्पोरेट मिडियाले समग्र निजी क्षेत्रलाई उत्साहित गर्दै उद्योग व्यवसायको क्षेत्रमा नयाँ रक्तसञ्चार गर्ने विश्वासका साथ हरेक वर्ष निरन्तर रूपमा कर्पोरेट अवार्ड आयोजना गर्दै आएको छ ।

    कर्पोरेट अवार्डको बारेमा

    कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन) ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको सेरोफेरो पारेर आयोजना गर्दै आइरहेको ‘कर्पोरेट बिजनेश अवार्ड’ नेपालमा एक प्रतिष्ठित सम्मान कार्यक्रम हो । यसले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र संघ संस्थाहरूलाई उनीहरूको उत्कृष्ट योगदानको मूल्याङ्कन गरी कदर गर्दै आइरहेको छ ।

    व्यावसायिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गरी उनीहरूलाई थप हौसला प्रदान गर्दै जिम्मेवार बनाउने यो अवार्डको मुख्य उद्देश्य छ । कर्पोरेट मिडियाले विगत १६ वर्षदेखि निरन्तर रूपमा यो अवार्ड कार्यक्रम गर्दै आएको छ ।

    विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्नुहुने अनुभवी व्यक्तित्वहरू सदस्य रहनुभएको अवार्ड छनोट समिति गठन गरी सो समितिले आवश्यक प्रक्रिया पूरा गरी चुनेको व्यक्ति वा संस्थालाई अवार्ड प्रदान गरिँदै आएको छ । ‘कर्पोरेट बिजनेस अवार्ड’ले नेपालका उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहित गर्दै उहाँहरूको योगदानको कदर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    समाचार

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑