• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १३ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १५ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १५ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १६ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १८ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ?

  • लाईभ नेपाल
  • २०८१ चैत्र २३, शनिबार (१ साल अघि)
  • १४९१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला लगत्तै रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको निवास पुग्यो। तर, निवासमा पुगेको प्रहरीसँग पक्राउ पूर्जी थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिन्छु भन्दै पक्राउ पूर्जी माग्दा प्रहरीले हतारहतार गरेर त्यही पक्राउ पूर्जी बनाउन थालेको थियो। यो प्रक्रियाप्रति रास्वपा सचिवालय बैठकले गम्भीर आपत्ति जनाएको छ। प्रहरीको गतिविधि विधिको शासनमा क्षम्य हुन नसक्ने ठहर रास्वपाले गरेको छ। उसले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको चर्को शब्दमा भत्सर्नासमेत गरेको छ।

    मध्यरातमा भर्चुअल माध्यममा बसेको रास्वपाको सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘पक्राउ पूर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा – त्यो पनि बेडरुमभित्र बसेर – जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।’’

    बुटबलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उच्च अदालतले शुक्रबार गरेको फैसला लगत्तै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित निवासमा पुगेर त्यही बसेर कानुनी कागज बनाएर पक्राउ गरेको हो। प्रहरीले शनिबार अर्थात् आज लामिछानेलाई विमानमार्फत् भैरहवा पठाउने तयारी गरिरहेको छ।

    शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई पक्राउ गर्न आदेश गरेका हुन्।

    यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो। शुक्रबारको उच्चको आदेशले जिल्लाको आदेश बदर गरेको हो। प्रहरीले लामिछानेलाई चैत २४ गते आइतबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

    यसअघि लामिछाने जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी बुझाएर ८४ दिन हिरासत बसेर रिहा भएका थिए। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै ८४ दिनमा रिहा भएका थिए।

    शुक्रबारको उच्च अदालतको आदेशपछि उनी फेरि हिरासत पुगेका हुन्। हिरासत मुक्त भएको ८५ दिन र पार्टी कार्यालय प्रवेश गरेको ६ दिनपछि उनी शुक्रबार रातिबाट फेरि प्रहरीको कष्टडीमा पुगेका हुन्।

    पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी रकम हिनामिनाको आरोपमा पहिलो पटक २०८१ कात्तिक २ गते काठमाडौंँबाट पक्राउ परेका थिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑