
काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिक्स् विश्वकै उत्कृष्ट क्लबमध्ये ४४औँ स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औँ स्थानमा परेको हो ।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।
एलओडी डिजे म्याग टप सयमा छनौट भएर ४४औँ स्थानमा परेकोले राष्ट्रको नाम जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए ।
‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।’