
काठमाडौं । नेपाली पत्रकारिता यात्रामा एक महत्वपूर्ण अध्याय थपिँदै, लाईभ नेपाल नेटवर्क प्रा.लि को पहिलो विशेष स्मारिका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको हातबाट राष्ट्रपति कार्यालयमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ।
उक्त स्मारिका सार्वजनिक कार्यक्रमले संस्था तथा सम्पूर्ण टिमको निरन्तर समर्पण, प्रतिबद्धता र पत्रकारिता प्रतिको लगावलाई अझ बढी हौसला दिएको छ। स्मारिकामा राष्ट्रपतिको शुभकामना सन्देश, संस्थाको विस्तृत परिचय, विविध गतिविधिहरूको झलक, र प्रेरणादायी लेखहरूको समावेश छ, जसले यसको ऐतिहासिक महत्व झल्काएको छ ।
उक्त समारोहमा संस्थाका तर्फबाट अध्यक्ष पुष्कर राज पाण्डे,सम्पादक श्रीराम पुडासैनि व्यवस्थापक साबित्री बस्नेत, भरत राज उप्रेति, अनिल कुमार बोहरा, कृष्ण राज तिमिल्सिना, यादव प्रसाद कोईराला, गोबिन्द भुसाल, हरि सुबेदी, खेम राज निरौला, रोहित कार्की, सुधिर राज श्रेष्ठ, दुर्गा बानिया लगायत सम्पूर्ण टिम सदस्यहरूले पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मार्गलाई अंगाल्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लाईभ नेपाल नेटवर्क प्रा.लि परिवारले संस्थालाई निरन्तर प्रेरणा दिँदै साथ दिनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै, भविष्यमा पनि सशक्त, उत्तरदायी र सत्यनिष्ठ पत्रकारिताको मार्गमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेको छ ।