• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १३ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १६ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ भाद्र १४, आईतबार (१ हफ्ता अघि)
  • ९९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको “Leadership Excellence Awards 2026” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “Everest Year – Clouds and Beyond” मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

    कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, सञ्चालक श्री विमल प्रसाद ढकाल, सञ्चालक श्री प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभउद्घाटन गर्नुभयो। सञ्चालक श्री अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income – FPI) संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिनुभयो। उहाँले यसलाई अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भनी उल्लेख गर्दै आ.ब. २०८३/८४ का लागि “Everest Year – Clouds and Beyond” अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गर्नुभयो।

    सञ्चालक श्री ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानहरूको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई आग्रह गर्नुभयो, र कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको औँल्याउनुभयो। प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा डिजिटल रूपान्तरण (Digital Transformation) लाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग, ग्राहकमैत्री डिजिटल सेवा, Data-आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालन (Automation) मार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना सार्वजनिक गर्नुभयो।

    प्रविधिसँगै दक्ष जनशक्ति र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाई सशक्त, आधुनिक र ग्राहककेन्द्रित संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उहाँले दोहोर्‍याउनुभयो। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो। साथै, उत्कृष्ट व्यावसायिक उपलब्धिका आधारमा नेपालभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरियो। यस कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भए। सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने थप उत्साह र प्रतिबद्धता व्यक्त गरे। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवशाली यात्रा पूरा गर्दै विश्वास, वित्तीय सुदृढता, उत्कृष्ट सेवा र संस्थागत नेतृत्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    यस अवधिमा कम्पनीको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ भने मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम रहेको छ। कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरिसकेको छ र कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेर राष्ट्रिय अर्थतन्त्र तथा राजस्वमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ। यी तथ्यांकहरूले नेपाल लाइफप्रति लाखौं नेपालीले व्यक्त गरेको विश्वास, कम्पनीको वित्तीय सबलता तथा नेपाली जीवन बीमा क्षेत्रमा कायम रहेको नेतृत्वलाई थप पुष्टि गरेका छन्। “Everest Year – Clouds and Beyond” अभियानमार्फत नेपाल लाइफले विगत २५ वर्षका उपलब्धिलाई केवल गौरवका रूपमा मात्र नभई आगामी यात्राका लागि थप उचाइ हासिल गर्ने आधारका रूपमा आत्मसात गरेको छ।

    ग्राहकको विश्वास, प्रविधि र नवप्रवर्तन, उत्कृष्ट सेवा तथा व्यावसायिक सुशासनलाई केन्द्रमा राख्दै कम्पनीले आगामी दिनमा अझ ठूला उपलब्धि, नयाँ कीर्तिमान र उत्कृष्टताको निरन्तर यात्राप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑