• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १२ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १२ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २0 घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ

  • लाईभ नेपाल
  • २०८२ बैशाख १२, शुक्रबार (१ साल अघि)
  • १८६६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं  । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाइपलाइनमा राखेको छ ।

    यी सबै आईपीओ भर्न चाहने एक आवेदकले कम्तिमा एक लाख सात हजार रुपैयाँ रकम धितोपत्र बिक्री प्रबन्धकको खातामा पठाउनेछन् ।

    साधारण शेयर (आईपीओ) मार्फत् पुँजी सङ्कलन गर्ने योजनामा ८८ वटा कम्पनीहरूले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । बोर्डले २०८२ वैशाख ४ गते सार्वजनिक गरेको सूची अनुसार ८८ कम्पनीले हाल आईपीओ जारी अनुमति कुरिरहेका छन् ।

    यता थप शेयर निष्काशन (एफपीओ) अनुमति कुरेर बसेका कम्पनीको समेत हिसाब गर्दा सर्वसाधारणले शेयर भर्ने कम्पनीको सङ्ख्या अझ बढी छ । धितोपत्र बोर्डले २०८१ चैत १ गते सार्वजनिक गरेको सूची अनुसार चारवटा कम्पनी एफपीओ निष्काशन अनुमति पर्खाइमा छन् ।

    अनुमति मागेका सबै आईपीओ जारी भए कम्पनीहरूले सर्वसाधारणबाट ५५ अर्ब ५६ लाख ७९ हजार ५३२ रुपैयाँ रकम सङ्कलन गर्नेछन् । यो मूल्य बराबरको ४० करोड ३९ लाख ७० हजार ६४ कित्ता शेयर निष्काशन हुनेछ ।

    जसमा सबै कम्पनीको आईपीओ आएको खण्डमा लगानीकर्ताले एक लाख सात हजार ५८७ रुपैयाँ २० पैसा शेयर बिक्री प्रबन्धकको खातामा पठाउनेछन् । आईपीओ नपरे सर्वसाधारणले रकम फिर्ता पाउनेछन् ।

    जलविद्युतका धेरै

    आईपीओ निष्काशन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत (हाइड्रोपावर) समूहका छन् । यस्ता कम्पनीको सङ्ख्या ४४ छ ।

    २२ महिनायता यो समूहको आईपीओ जारी भएको छैन । सोही कारण आईपीओ निष्काशन पाइपलाइनमा ऊर्जा क्षेत्रका कम्पनी बढी रहेका ऊर्जा व्यवसायीहरू बताउँछन् ।

    हाइड्रोका सबै ४४ कम्पनीको आईपीओ जारी हुँदा १९ अर्ब ४८ लाख १६ हजार १९१ रुपैयाँ बराबरको १९ करोड ४८ लाख १६ हजार १९१ कित्ता शेयर सर्वसाधारणमा जानेछ ।

    आवेदन दिएका हाइड्रो कम्पनीमध्ये दुई वटाले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन बोर्डसँग अनुमति मागेका छन् । सेन्चुरी इनर्जी लिमिटेडले २७५ रुपैयाँ ११ पैसा प्रतिकित्ता र हिमाल हाइड्रोपावर लिमिटेडले २१८ रुपैयाँका दरले आईपीओ निष्काशन अनुमति मागेको हो ।

    जलविद्युत समूहका अन्य ४२ वटा कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन अनुमति मागेका छन् । हाइड्रोका सबै कम्पनीको आईपीओ भर्न एक आवेदकलाई ४६ हजार ६९३ रुपैयाँ १० पैसा लाग्नेछ ।

     

    उत्पादन र प्रशोधन समूहका १७ आईपीओ

    आईपीओ निष्काशन अनुमति माग्दै पाइपलाइनमा रहेका कम्पनीमध्ये १७ वटा उत्पादन तथा प्रशोधन समूहका हुन् ।

    उक्त समूहका सबै कम्पनीले आईपीओ निष्काशन गर्न पाए सर्वसाधारणबाट २४ अर्ब ४७ करोड ९८ लाख ६२ हजार ३९६ रुपैयाँ रकम सङ्कलन गर्नेछन् । सो रकम बराबरको ११ करोड १६ हजार ५४१ कित्ता शेयर निष्काशन हुनेछ ।

    उत्पादन तथा प्रशोधन समूहमा ६ वटा कम्पनीहरूले बुक बिल्डिङ र प्रिमियममा आईपीओ निष्काशन अनुमति माग गरेका छन् । बाँकी ११ कम्पनी भने प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन पर्खाइमा छन् ।

    उक्त समूहका सबै कम्पनीको आईपीओ जारी भए सर्वसाधारण एक आवेदकले २६ हजार ३९६ रुपैयाँ १० पैसा बराबरको आवेदन दिनेछन् ।

    अन्य समूहका ११ वटा

    पाइपलाइन सूची हेर्दा अन्य समूहका ११ वटा कम्पनीले आईपीओ जारी गर्न खोजेका छन् । उक्त समूहका कम्पनीले तीन अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७०० रुपैयाँ बराबरको तीन करोड २४ लाख ३६ हजार ९५७ कित्ता शेयर सर्वसाधारणलाई बेच्न खोजेका हुन् ।

    उक्त समूहका ११ मध्ये सातवटा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्न अनुमति मागेका हुन् । बाँकी तीन कम्पनीले भने बुक बिल्डिङ र प्रिमियमबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन् ।

    नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड (न्यूज २४ टिभी)ले भने प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ बिक्री गर्ने अनुमति माग गरेको छ ।

    होटल तथा पर्यटनका नौ कम्पनी

    होटल तथा पर्यटन समूहका नौ कम्पनीले पनि धितोपत्र बोर्डसँग आईपीओ निष्काशन अनुमति मागेका छन् ।

    यो समूहका नौ कम्पनीले चार अर्ब १० करोड ७० लाख रुपैयाँ बराबरको चार करोड ३३ लाख २० हजार कित्ता शेयर आईपीओ निष्काशन अनुमति पर्खिएका हुन् ।

    आवेदन दिएकामध्ये अकामा होटल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले शेयर आईपीओ बिक्री गर्ने अनुमति मागेको छ । बोर्डले अनुमति दिए बाँकी आठ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणलाई शेयर बेच्नेछन् ।

    होटल तथा पर्यटनको सबै आईपीओ जारी हुँदा एक आवेदकले आठ हजार ५०० रुपैयाँ बराबरको शेयरका लागि आवेदन दिनुपर्नेछ ।

    यसैगरी, लघु बीमाका तीनवटा कम्पनीले पनि बोर्डसँग आईपीओ निष्काशन अनुमति मागेका छन् । ६ करोड ५७ लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर जारी गर्न यी कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् ।

    यो समूहका कुनै पनि कम्पनीले बुक बिल्डिङ र प्रिमियम दरमा आईपीओ जारी गर्न अनुमति मागेका छैनन् । प्रोटेक्टिभ, स्टार र लिबर्टी माइक्रोइन्स्योरेन्स कम्पनीका शेयर भर्न एक आवेदकले तीन हजार रुपैयाँ रकम तिर्नुपर्नेछ ।

    प्रतिकित्ता २१० रुपैयाँमा आईपीओ बेच्न खोज्दै शिवम्

    लगानी समूहतर्फका पनि तीनवटा कम्पनीले आईपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् ।

    शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्ग्स लिमिटेडले प्रिमियममा प्रतिकित्ता २१० रुपैयाँका दरले आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

    लगानी समूहतर्फ कूल दुई अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको एक करोड ५५ लाख ५० हजार ३७५ कित्ता शेयर निष्काशन पर्खाइमा छ । तीनवटै कम्पनीको आईपीओ भर्न एक आवेदकले चार हजार १०० रुपैयाँ बराबरको आवदेन दिनुपर्नेछ ।

    लघुवित्ततर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले आठ लाख रुपैयाँ बराबरको ८० हजार कित्ता शेयर निष्काशन अनुमति मागेको हो

    निष्काशन कहिलेसम्म ?

    बोर्डले २२ महिनादेखि आईपीओ निष्काशन अनुमति नदिँदा थप आयोजनामा लगानी गर्न नसकिएको ऊर्जा उत्पादकहरूले बताउने गरेका छन् ।

    धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे आईपीओ निष्काशनका लागि आवेदन दिएका कम्पनीहरूमाथि क्रमैसँग रिभ्यू (समीक्षा) गर्ने काम भइरहेको बताउँछन् ।

    ‘कतिपय कम्पनीहरूले आवेदन दिएको लामो समय भइसकेको छ’, घिमिरेले भने, ‘त्यस्ता कम्पनीले पहिले आवेदन दिँदा पेश गरेका कागजात अद्यावधिक गराउनुपर्छ ।’

    अहिले पनि धितोपत्र बोर्डले सबै कागजात समीक्षा गरिरहेको र अपुग कागजात ल्याउन कम्पनीलाई क्रमबद्ध रूपमा भनेको घिमिरे बताउँछन् ।

    ‘अद्यावधिक गरेर पठाएपछि बोर्डले योग्यताका आधारमा ती कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिनेछ’, घिमिरे भन्छन्, ‘लामो समयदेखि आईपीओ जारी गर्न बसिरहेका कम्पनीको समीक्षा र विवरण अद्यावधिक गराउन समय लागेकाले केही ढिलाइ भएजस्तो देखिएको हो ।’

    कागजात र कानुनसम्मत प्रक्रिया पुर्‍याएका कम्पनीको हकमा भने आईपीओ निष्काशन अनुमति दिएको घिमिरेले बताए । ‘एकैचोटी सबै कम्पनीको रिभ्यू गर्न सक्ने अवस्था हुँदैन’, घिमिरेले भने, ‘क्रमैसँग एक पछि अर्को गर्दै कम्पनीको रिभ्यू गर्ने हो । त्यसो गर्दा केही समय लाग्छ ।’

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑