• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १२ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १२ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २0 घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    प्रधानमन्त्री ओलीले भने – भूकम्प पुनःनिर्माणमा असाधारण क्षमता देखाउन सफल भयौँ

  • लाईभ नेपाल
  • २०८२ बैशाख १२, शुक्रबार (१ साल अघि)
  • १६९२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । २०७२ मा आएको जस्तो भूकम्पको विनाशबाट माथि उठ्न राज्यको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण गर्ने अवस्था नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले व्यक्तिले आफ्नो घर सुरक्षित बनाउने विषयमा संवेदनशील हुनेपर्ने बताएका हुन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा काठमाडौंस्थित धरहरा परिसरमा शुक्रबार आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा प्रधानमन्त्री ओलीले सुशासन र विकासका प्रश्नमा राष्ट्रिय एकताको अनिवार्य आवश्यकता रहेको बताए ।

    ‘२०७२ को भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भने पनि राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन”, उनले भने, ‘हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनुु जरुरी छ ।’

    प्रधानमन्त्री ओलीले यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गरे । उनले उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, सङ्घसंस्था र जनताले गरेका प्रयास असाधारण र प्रशंसनीय रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘पुनःनिर्माण र राहतदेखि वा उद्दारमा सहयोगी मित्रहरूले जसरी सहयोगका हात अगाडि बढाउनुुभयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अर्थात् भुुल्न नसकिने खालका छन् ।’

    भूकम्पका बेला राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गरिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुुपर्नेमा जोड दिए ।

    यस्तै गृहमन्त्री रमेश लेखकले सम्भाव्य विपद्सँग सामना गर्न सरकारले गम्भीरताका साथ आवश्यक काम र तयारी अघि बढाएको बताए । उनले विपद्का क्षेत्रमा गर्नपर्ने काम र सम्भावित जोखिम न्यूनीकरणको तयारीका लागि प्रतिबद्धतासमेत व्यक्त गरे ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले २०७२ वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्युडको गोर्खा केन्द्रबिन्दु भई गएको भूकम्पमा आठ हजार ७७० को निधन भएको जानकारी दिए । उक्त भूकम्पमा २२ हजार तीन सय जना घाइते भएका थिए ।

    भूकम्पका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मुलुकका १४ जिल्ला अतिप्रभावित र १८ जिल्ला प्रभावित भएका थिए । भूकम्पपछि सरकारको आग्रहबमोजिम ३४ राष्ट्रका खोज तथा उद्धार टोली सहयोगका लागि नेपाल आएका थिए ।

    भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चार दशमलव एक अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायताको प्रतिबद्धता जाहेर भएको थियो । पुनःनिर्माण अभियानअन्र्तगत सात लाख ४३ हजार २४९ वटा निजी आवासको पुनःनिर्माण गरिनुका साथै ३१ हजार ७७० घरको प्रवलीकरण गरिएको थियो ।

    त्यसैगरी निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणतर्फ मात्र दुई खर्ब ३३ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा करिब आठ लाख घरको प्रवलीकरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑