• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १२ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १२ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २0 घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता : कर्मचारी संगठनद्वारा सार्वजनिक आरोप र कारबाहीको माग

  • लाईभ नेपाल
  • २०८२ बैशाख १३, शनिबार (१ साल अघि)
  • १०६०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, १२ वैशाख  । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको व्यवस्थापन र बजारिकरणमा लामो समयदेखि उठ्दै आएको असन्तोषले नयाँ मोड लिएको छ।

    दुग्ध विकास संस्थानमा देखिएको अनियमितता, दुर्व्यवस्था र भ्रष्टाचारका विरुद्ध संस्थानभित्रका दुई प्रमुख कर्मचारी संगठनहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।

    दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालका अध्यक्ष सहदेव अर्याल र राष्ट्रिय कर्मचारी संगठन नेपालका केन्द्रीय सह-संयोजक निरज मानन्धरले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संस्थानभित्र व्याप्त विकृति र दुर्व्यवस्थाको कडा विरोध गरेका हुन्। दुबै संगठनले सरकारी स्वामित्वको यस संस्थामा निजी तथा संस्थागत स्वार्थको घालमेलले संस्थानको छवि र कार्यक्षमता दुवैमा प्रतिकूल असर पारेको उल्लेख गरेका छन्।

    विज्ञप्तिमा विशेष गरी दूध विक्रि तथा वितरण प्रणालीमा विक्रेताहरूबाट हुने गैरकानुनी कार्य, अफवाह फैलाउने प्रवृत्ति र संस्थाको विरुद्ध सञ्चार माध्यममा भइरहेको योजनाबद्ध प्रचारको कडा शब्दमा विरोध गरिएको छ। यी गतिविधिहरूले केवल संस्थाको साख मात्र नभई समग्र राष्ट्रिय दुग्ध उद्योगलाई नै कमजोर बनाइरहेको संगठनहरूको भनाइ छ।

    साथै, संस्थानका पूर्व आयोजनाप्रमुख गणेश कुमार यादवको नाम विशेष रूपमा उल्लेख गर्दै गम्भीर अनियमितताको आरोप सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका भ्रातृ संगठनका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका यादवको शैक्षिक योग्यता केवल १२ कक्षा (आइएस्सी) सम्म मात्र रहेको तथ्य उजागर भएपछि उनको नियुक्ति प्रक्रिया र कार्यक्षमतामाथि समेत गम्भीर प्रश्न उठेको छ।

    गणेश कुमार यादवले काठमाडौं दुग्ध वितरण आयोजना र बलाजु आयोजना लगायतका महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। तर, ११ वर्षे कार्यकालमा उनले निजी स्वार्थसहित संस्थानका स्रोतसाधनको दुरुपयोग गर्दै करोडौँ रुपैयाँको अनियमित कारोबारमा संलग्न रहेको संगठनहरूको आरोप छ। संगठनहरूले सार्वजनिक गरेको विवरणअनुसार, यादवले विभिन्न निजी कम्पनीहरूसँग मिलेर नियोजित रूपमा दूध वितरण प्रणालीमा गम्भीर भ्रष्टाचार गरेका छन्।

    यससम्बन्धी सीसीटीभी फुटेजमा यादव स्वयं गैरकानुनी वितरणमा प्रत्यक्ष संलग्न देखिएको उल्लेख गरिएको छ। संस्थानभित्रैबाट नियतवश प्याकेट दूध अवैध रूपमा बाहिर पठाउने कार्यमा उच्चपदस्थ अधिकारीहरूको समेत संलग्नता देखिएको कर्मचारी संगठनको दाबी छ। निजी दलालहरूलाई संरक्षण दिँदै सार्वजनिक सम्पत्तिको दोहन गरिएको ठोस प्रमाणका आधारमा करोडौँको अवैध कारोबार सञ्चालन भएको उल्लेख छ।

    यस्ता गतिविधिका कारण गाउँघरका हजारौँ किसानहरू उत्पादन गरेको दूध उचित मूल्यमा बिक्री गर्न नसक्दा घाटामा परेका छन्। धेरै किसानले त दूध फाल्नु पर्ने अवस्था सामना गरिरहेका छन्, तर जिम्मेवार पदमा बसेका व्यक्तिहरू संस्थागत भ्रष्टाचारमा लिप्त रहनु दु:खद पक्षका रूपमा देखिएको छ।

    दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालद्वारा जारी विज्ञप्तिमा संस्थाको साख र विश्वसनीयता कायम गर्न विक्रेताहरूको अनुगमन गर्न, दोषीलाई कारबाही गर्न र आन्तरिक संरचना सुधार्न सरकारलाई स्पष्ट माग गरिएको छ। साथै, संस्थाका कर्मचारीहरूलाई अनुशासित रहन र संस्थाको प्रतिष्ठा जोगाउन सचेत गराइएको छ।

    त्यस्तै, राष्ट्रिय कर्मचारी संगठन नेपालले पनि दोषीमाथि कडा कानूनी कारबाही गर्न, व्यवस्थापन प्रणालीमा व्यापक सुधार ल्याउन र यस्ता विकृतिहरू दोहोरिन नदिन स्थायी निगरानी व्यवस्था गर्न जोड दिएको छ। उनीहरूले संस्थाभित्रका उच्चपदस्थ अधिकारीहरूको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएका छन्।

    साथै नेकपा (माओवादी ) ’विपल्व’ का  भात्रृ संगठन, राष्ट्रिय कर्मचारी संगठनको समेत एकबद्धता रहेको जनाएको छ।

    यस्ता समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त पहल आवश्यक रहेको र दुग्ध उद्योगको सुधार सरकार तथा सम्बन्धित निकायहरूको प्रत्यक्ष संलग्नताबिना सम्भव नभएको स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑