• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ घण्टा अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      ४ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      ४ घण्टा अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

      ५ घण्टा अघि

      संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले मागे सभामुखसँग समय

      ६ घण्टा अघि

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      ६ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

      ८ घण्टा अघि

      धरानको भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा

      ८ घण्टा अघि

      ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

      ८ घण्टा अघि

      सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

      ९ घण्टा अघि

      माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

      २१ घण्टा अघि
    आज: २०८३ भाद्र २४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विद्युत प्राधिकरणले भोलि श्वेतपत्र जारी गर्ने, साढे ५ अर्ब सञ्चित घाटामा

  • लाईभ नेपाल
  • २०८२ बैशाख १६, मंगलबार (१ साल अघि)
  • ९७०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। साढे ५ अर्ब सञ्चित घाटामा भएको तथ्याङ्क सहित नेपाल विद्युत प्राधिकरणले भोलि श्वेतपत्र जारी गर्दै छ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाएको विद्युत् प्राधिकरणलाई हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घाटा देखाएका छन् । प्राधिकरण ५ अर्ब २६ करोड सञ्चित घाटामा रहेको देखाउँदै श्वेतपत्र तयार गरिएको छ ।

    ‘आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालू आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड नाफा भएको छ, तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको देखिन्छ । प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्याङ्कनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्न डीडीएको प्रक्रिया अगाडि बढाइने छ’, श्वेतपत्रमा उल्लेख छ ।

    यसअघि कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर प्राधिकरणलाई आव २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गर्दै आव २०८०/८१ सम्ममा करिब ४७ अर्ब रुपैयाँ सञ्चित नाफामा पुर्‍याएको बताएका थिए । उनी प्राधिकरणबाट बाहिरिएको एक महिनामात्र भएको छ ।

    कुलमानको ठाउँमा आएका हितेन्द्रले प्राधिकरणको वास्तविक अवस्थाबारे श्वेतपत्र तयार गर्न लगाएका हुन्, जुन भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । श्वेतपत्रअनुसार प्राधिकरणसँग करिब ६ खर्ब ४४ अर्बको कुल सम्पत्ति रहेको छ, जसमा २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति हो । करिब २ खर्ब २० अर्बका निर्माणाधीन आयोजनाहरु रहेका छन् ।

    नेपाल सरकारको प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँको शेयर छ । सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ रु. ५ अर्ब ८९ करोड गरी जम्मा २ खब ५९ अर्ब १० करोडको इक्वीटी रहेको छ ।

    श्वेतपत्रअनुसार प्राधिकरणको दीर्घकालीन ऋण २ खर्ब ४८ अर्ब १२ करोड रहेको छ, जसमध्ये ७७ अर्ब ८ करोड नेपाल सरकारको आन्तरिक स्रोतबाट र १ खर्ब ७१ अर्ब ४ करोड नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायबाट लिइएको हो । कुल सम्पत्तिको करिब ३९ प्रतिशत ऋण देखिएको छ । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको छ ।

    आव २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको छ । प्राधिकरणविरुद्ध विभिन्न अर्ध-न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फागुन मसान्तसम्म ८ अर्ब ४० करोड रुपैयाँ पुगेको देखिन्छ ।

    प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न सकेको छैन । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रुपैयाँमध्ये चालू खातामा २ अर्ब ४७ करोड रहेको छ, जुन दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा हो । निर्माण कार्यको बाँकी भुक्तानीका लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको श्वेतपत्रमा उल्लेख छ ।

    आव २०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्वबापत ४७ अर्ब २४ करोड र धरौटीबापत २४ अर्ब ११ करोड रुपैयाँ दायित्व रहेको छ । नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युतबापत ३ अर्ब गरी कुल ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

    समाचार

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑