• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १३ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १४ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १४ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २१ घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षा सम्बन्धी अनुसन्धान सार्वजनिक

  • लाईभ नेपाल
  • २०८२ बैशाख १७, बुधबार (१ साल अघि)
  • १८९११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ, १७ वैशाख । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको छ ।
    यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबीच अन्तर्देशीय शिक्षा (टीएनइ– त्चबलकलबतष्यलब िभ्मगअबतष्यल) का विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने “ नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा अन्तर्देशीय शिक्षा (टीएनइ) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यो प्रतिवेदनले नेपालमा अन्तर्देशीय शिक्षा (टीएनइ) विस्तार गर्दा प्राप्तहुने अवसर र आउने चुनौतीहरू दुबैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतकाबीचमा उच्च शिक्षा क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने सम्भावनालाई देखाएको छ । उच्च शिक्षामा पहुँच अभावको समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा अवसरहरू प्रदान गर्न अन्तर्देशीय शिक्षा (टीएनइ)ले मद्दत गर्न सक्छ । हामी प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न एवम् नेपालको उच्च शिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौँ ।”
    कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोबफिनले भने “ यो नेपालमा अन्तर्देशीय शिक्षाको भविष्यका लागि एक महत्त्वपूर्ण क्षण हो । आज सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीहरूका बारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छ । नेपालमै विश्व स्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छ । अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपालमा नव–प्रवर्तन, उत्कृष्टता र साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।”
    कार्यक्रममा “नेपालमा अन्तर्देशीय शिक्षाः अवसर र चूनौतीहरू“ विषयमा गम्भीर चर्चा पनि गरिएको थियो । उक्त छलफलको सहजीकरण ब्रिटिस काउन्सिल नेपालकी देशीय परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले सञ्चालन गरेकी थिइन् ।
    छलफलका प्रमुख वक्ताहरूमा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रा.लि.की प्रबन्ध निर्देशक श्रेया कार्की, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान तथा छात्रवृत्ति विभागका डा. नीरज धिताल र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल सहभागी हुनुहुन्थ्यो ।

    प्रतिवेदनका मुख्य सुझावहरू
    प्रतिवेदनमा शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई नियामक प्रक्रिया सरल बनाउन, प्रशासनिक झन्झट कम गर्न, नीति निर्माणमा सहयोग पु¥याउनका लागि पारदर्शी तथ्याङ्क व्यवस्थापन सुधार गर्न तथा गुणस्तरीयता प्रत्याभूत गर्ने संयन्त्र सुदृढ गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न सुझाव दिइएको छ । यसै गरी प्रतिवेदनमा नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रतिस्पर्धी र गतिशील बनाउन सहयोग पु¥याउन संस्थागत विविधीकरणसँगै अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्न सुझाव दिइएको छ ।
    त्यसै गरी प्रतिवेदनमा, अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) सेवाप्रदायक र तिनका साझेदारहरूलाई श्रम बजारको माग अनुसार पाठ्यक्रम अद्यावधिक गर्न, अन्तर्देशीय शिक्षामा आर्थिक रूपमा धान्न सक्ने विकल्पहरू विकास गर्न, शिक्षामा पहुँचमा रहेका असमानताहरू हटाउन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न, र स्थानीय सन्दर्भ तथा दीर्घकालीन शैक्षिक लक्ष्य अनुसार उत्तरदायी र दिगो शिक्षण मोडलहरू विकास गर्न सिफारिस गरिएको छ ।
    यी सुझावहरूको लक्ष्य नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) दिगो विकास र समान पहुँचको प्रवद्र्धन गर्ने रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑