
काठमाडाैं। सामाजिक सञ्जाल ‘टिकटक’मा राजनीतिक नेताहरूलाई लक्षित गर्दै अभद्र भाषा प्रयोग गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा हुने भएकी छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले बस्नेतलाई १ असारमा पक्राउ गरेको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


