• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      ३ घण्टा अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      १ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ३ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ३ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ३ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ३ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ३ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ३ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ३ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ४ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ४ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ५ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ५ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      ५ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      ५ दिन अघि
    आज: २०८३ आश्विन ५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    तेक्वान्दो विकासमा प्रदेश सरकारको साथ : मुख्यमन्त्रीद्वारा बजेट वृद्धि र खेल महोत्सवको घोषणा

  • लाईभ नेपाल
  • २०८२ चैत्र १४, शनिबार (५ महिना अघि)
  • ५१४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल तेक्वान्दो संघ वागमती प्रदेशको दोस्रो अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले तेक्वान्दो खेलको विकास, चुनौती र आगामी योजनाबारे आ-आफ्ना धारणा व्यक्त गरेका छन्। कार्यक्रममा प्रदेश सरकारदेखि स्थानीय तहका जनप्रतिनिधि तथा खेलकुद नेतृत्वले तेक्वान्दोको उज्ज्वल भविष्यका लागि सहकार्य आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले तेक्वान्दो खेलको विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले वागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजना गरिने समेत जानकारी दिँदै अन्तरप्रदेशीय प्रतियोगितामार्फत सातै प्रदेशका खेलाडीको पहिचान गरिने बताउनुभयो ।

    साथै, बानियाँले खेलकुद क्षेत्रलाई सुदृढ बनाउन यसअघि विनियोजित २० लाख रुपैयाँलाई बढाएर ६० लाख रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभयो। भविष्यमा संघका गतिविधि र योजनाका आधारमा बजेट थप वृद्धि गर्दै लैजाने उहाँको भनाइ थियो। खेलकुद पर्यटनलाई समेत प्रवर्द्धन गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तेक्वान्दो खेललाई नयाँ आयामसहित अघि बढाउन आग्रह गर्दै योजनाबद्ध रूपमा काम गर्न सुझाव दिनुभयो। बजेट सक्नका लागि मात्र होइन, समयानुकूल उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, आवश्यक परेमा आफ्नोतर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङले तेक्वान्दो खेललाई समयानुकूल बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तेक्वान्दो खेलाडीहरू सबै ‘जेन्जी’ पुस्ताका भएकाले उनीहरूको सोच र मनोभाव बुझेर रचनात्मक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । साथै, तेक्वान्दोको विकासका लागि आर्थिक सहयोग मात्र नभई अन्य विभिन्न माध्यमबाट पनि सहयोग गर्न सकिने भन्दै सबैलाई तेक्वान्दो खेलको विकासका लागि आह्वान गर्नुभयो । संघले तेक्वान्दो खेलाडीका लागि होस्टेल बनाउन लागेको जानकारी समेत दिनुभयो ।

    नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका अध्यक्ष केशव पुरीले संघ स्थापनादेखि हालसम्म आइपुग्दा विभिन्न उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो। उहाँले हितैषी साथीहरूको सहयोग र आत्मबलका कारण संघले निरन्तरता पाएको उल्लेख गर्दै राष्ट्रले खेलकुद क्षेत्रलाई अझ सकारात्मक रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ललितपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले तेक्वान्दोले राष्ट्रलाई पदक दिलाउने महत्वपूर्ण खेल भएको उल्लेख गर्दै वडा नं. ४ लाई हरेक कार्यक्रममा सम्झिने गरेकोमा खुशी व्यक्त गर्नुभयो । यसले आफूहरूलाई अझ उत्साहित बनाएको उहाँले बताउनुभयो ।

    नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका महासचिव हरिहर ढुङ्गानाले संघलाई दोस्रो अधिवेशनसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सीमित स्रोतका बाबजुद पनि संघमा आबद्ध साथीहरूको सहयोगले संगठन सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले पुनः सर्वसम्मत रूपमा केशव पुरीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा विभिन्न खेलाडी तथा तेक्वान्दो खेलको विकासमा योगदान दिने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    समाचार

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑