• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १३ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १५ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १५ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १६ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १८ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

  • लाईभ नेपाल
  • २०८३ श्रावण १, शुक्रबार (१ महिना अघि)
  • ४००० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् ।

    उक्त उपाधि भिडन्तमा मैदानमा खेलाडीबीच मात्रै होइन, दुई प्रशिक्षकबीच पनि विशेष प्रतिस्पर्धा हुने भएक छ।

    स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्ते र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी गुरू–शिष्यको सम्बन्धमा बाँधिएका छन्।

    नौ वर्षअघि स्कालोनी स्पेनको राजधानी म्याड्रिड नजिकै रहेको लास रोजासस्थित स्पेनिस फुटबल महासंघको प्रशिक्षण केन्द्रमा व्यावसायिक प्रशिक्षकको लाइसेन्सका लागि अध्ययन गर्थे। त्यतिबेला उनलाई प्रशिक्षण दिने शिक्षक डे ला फुएन्ते नै थिए।

    त्यसयता दुवैवजनाले अन्तर्राष्ट्रिय फुटबलमा सफल प्रशिक्षकका रूपमा आफूलाई स्थापित गरेका छन्।

    ४८ वर्षीय स्कालोनीले सन् २०१८ अगस्टमा अर्जेन्टिनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनले अर्जेन्टिनालाई २०२१ को कोपा अमेरिका जिताएर २८ वर्ष लामो उपाधि खडेरी अन्त्य गराए।

    त्यसपछि सन् २०२२ मा विश्वकप जिताए भने २०२४ मा अर्को कोपा अमेरिका उपाधि पनि दिलाए।

    यता ६५ वर्षीय डे ला फुएन्ते सन् २०२२ डिसेम्बरमा स्पेनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

    उनको नेतृत्वमा स्पेनले २०२४ को युरोकप जित्यो र त्यसपछि यूईएफए नेसन्स लिगको फाइनलसम्मको यात्रा तय गर्‍यो।

    फ्रान्सविरुद्धको प्रभावशाली सेमिफाइनल जितपछि उनी अहिले स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलाउने संघारमा छन्।

    एकअर्काप्रति सम्मान

    फाइनलअघि दुवै प्रशिक्षकले एकअर्काप्रति सम्मान व्यक्त गरेका छन्। इङ्ल्यान्डविरुद्ध जितपछि स्कालोनीले भने, ‘उहाँ मेरा गुरु हुनुहुन्थ्यो। मैले जानेका धेरै कुरा उहाँबाट सिकेको हुँ। अहिले विश्वकपको फाइनलमा उहाँविरुद्ध खेल्न पाउनु विशेष क्षण हो।’

    स्कालोनीले कतार विश्वकपपछि प्रशिक्षकहरूको सम्मेलनमा डे ला फुएन्तेसँग लामो छलफल भएको स्मरण गर्दै स्पेनको वर्तमान टोलीको पनि खुलेर प्रशंसा गरे।

    स्कालोनीको स्पेनसँग गहिरो सम्बन्ध छ। उनले खेलाडी जीवनको अधिकांश समय अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीजस्तै स्पेनमा बिताएका थिए। उनकी पत्नी एलिसा मोन्तेरो स्पेनी नागरिक हुन् । अहिले उनीहरू परिवारसहित स्पेनकै मल्लोर्कामा बस्दै आएका छन्।

    तर फाइनलमा भने भावनाभन्दा देश पहिलो हुने उनले स्पष्ट पारे। ‘सबैलाई थाहा छ, म स्पेनमा बस्छु, मेरो परिवार पनि स्पेनी हो। तर म डे ला फुएन्तेलाई हराउने प्रयास गर्नेछु,’ उनले भने।

    यता डे ला फुएन्तेले पनि स्कालोनीलाई आफूले पाएका उत्कृष्ट विद्यार्थीहरूमध्ये एकका रूपमा स्मरण गरेका छन्।

    ‘लियोनेलप्रति मेरो ठूलो सम्मान छ। उनले अर्जेन्टिनासँग सबै प्रमुख उपाधि जितिसकेका छन्। उनका धेरै विचारसँग म सहमत छु। व्यावसायिक र व्यक्तिगत दुवै रूपमा म उनको प्रशंसा गर्छु,’ उनले भने।

    स्कालोनी अध्ययनका क्रममा निकै मिहिनेती, जिज्ञासु र सिक्न उत्सुक विद्यार्थी रहेका पनि उनले बताएका छन् ।

    ‘उहाँको शिक्षक हुन पाउनु मेरो लागि सम्मानको कुरा हो। तर त्योभन्दा पनि ठूलो कुरा, उहाँ मेरो असल साथी हुनुहुन्छ। आज पनि हाम्रो सम्बन्ध र आपसी सम्मान उत्तिकै बलियो छ,’ डे ला फुएन्तेले भने।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑