• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      ४ घण्टा अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      ५ घण्टा अघि

      एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

      ६ घण्टा अघि

      प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

      ७ घण्टा अघि

      चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

      ७ घण्टा अघि

      गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

      ७ घण्टा अघि

      सुरुङ्गा नगरपालिकाका विद्यालय मंसिर र फागुनमा पनि आइतबार खुल्ने

      ७ घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

      ८ घण्टा अघि

      बागमती विश्वविद्यालयको एमबीएमा व्यावहारिक र अन्तर्राष्ट्रिय अवसर, मंसिर १८ गतेसम्म आवेदन खुला

      २ दिन अघि

      राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

      २ दिन अघि

      महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

      २ दिन अघि

      नेपालमै पहिलो पटक लेचर एन्टेना र आभा स्क्यानरसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      २ दिन अघि

      कार्तिक महिनामा मानवसेवा आश्रमद्वारा २३० जनाको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

      २ दिन अघि

      नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्न पर्याप्त

      २ दिन अघि

      विकासले विनाश गरिएका सांस्कृतिक सम्पदा पुनरुत्थान गर्दैछौँ : संयोजक, संगत

      २ दिन अघि
    आज: २०८३ मंसिर ६, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

  • लाईभ नेपाल
  • २०८३ मंसिर १, मंगलबार (५ दिन अघि)
  • १०८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्र बहादुर शाक्य वंशद्वारा लिखित नेपालको कला, संस्कृति, चाडपर्व,जात्रा र सम्पदाहरुको संग्रह नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको उल्लेख गरे । उनले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए ।

    काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनको भनाइ थियो। यस्ता मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पुर्‍याएको उनले बताए । अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे। परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । उनले सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरूको साझा जिम्मेवारी भएको धारणा राखे । संरक्षण अभियानलाई प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए ।

    परम्परागत कला र सीपलाई जीवन्त राख्न कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अग्रवालले सम्पदामा आधारित पर्यटनको प्रवद्र्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । सांस्कृतिक सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोड्न सके यसले दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा थियो ।

    अध्यक्ष अग्रवालले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा यस कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा धन्यवाद दिँदै यस्ता अनुसन्धानमूलक प्रकाशनले नेपालको कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई केवल विगतको इतिहास जोगाउने कार्यका रूपमा नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

    गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

    समाचार

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑