काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो ।
यसदिन तीन अर्ब ८७ करोडको कारोबार भएकाे छ।
कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ वटाको मूल्य बढ्दा १३२ वटाको घटेको छ । अन्य १० वटाको मूल्य स्थिर रह्यो ।

