
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबीच भेटवार्ता भएको छ । भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।
स्राेतका अनुसार भण्डारीनिवासमा बालेनले करिब एक घण्टा बिताएका थिए । साे क्रममा बालेनले भण्डारीलाई सरकारले दिएको सेवा–सुविधा फिर्ता गरेकोमा बधाई दिएका थिए ।
भेटमा काठमाडौं महानगरपालिकासँग जोडिएका केही विवाद र समसामयिक राजनीतिक विषयबारे पनि कुराकानी भएको बुझिएको छ ।
केहिदिन अघिमात्रै पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएकाे घाेषणा गरेकी थिइन् ।


