• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १२ घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १२ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १२ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १३ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १३ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १९ घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २१ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २१ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २१ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २१ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २१ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २१ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २२ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २२ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २२ घण्टा अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काङ्ग्रेस सभापति देउवा प्रचण्ड विकल्प सरकार गठन गर्ने दाउमा, सम्भावना कति?

  • फोमस भण्डारी
  • २०८० फागुन २३, बुधबार (२ साल अघि)
  • १८३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • फागुन २३, काठमाडौं । नयाँ सरकार बनाउने ध्याउन्नमा शिर्ष दलका शिर्ष नेताहरुको दौडधुप दिनानुदिन तिब्र बन्दै छ। मन्त्रालय पुनर्गठन र राष्ट्रियसभाको अध्यक्षमा विवाद हुन थालेपछि सरकारबाट पाखा लगाइएको काङ्ग्रेस पुन सरकारमा फर्किन भएभरको इफोर्ट लगाइरहेको छ। यता पुर्व गठबन्धनको प्रमुख घटक दल काङ्ग्रेसलाई नै हटाएर एमाले र रास्वपा भित्राएका प्रचण्डलाई त्यतिले पनि पुगेको छैन। कतै आफ्नो बाहेक बैकल्पिक गठबन्धन बन्ने पो होकि भन्ने जगजगीले राती पनि सुत्न भुलेका प्रचण्डको अबको लक्ष्य भने माधव नेपाल हुन।

    निर्वाचनमा थ्रेसहोल्ड समेत कटाउन नसकेपनि हरेक पटक सरकार निर्माणका क्रममा खाचो भित्र पर्दै आएको नेकपा एकीकृत समाजवादी पार्टी भने फेरि पनि प्रचण्डको नयाँ सरकारका लागी जरुरी रेखा भित्र छ। सोही कारण आफ्ना विरुद्ध अर्को गठबन्धन नबनोस भनेर निकै चतुर्‍याइँका साथ लागेका प्रचण्ड माधव नेपाललाई रिझाउन व्यस्त छन्।

    यता पुरानो गठबन्धनबाट माओवादी बाहेक रहेलपहेल पार्टीलाई समेटेर फेरि सरकार बनाउन पो सकिन्छ कि भन्नेमा आस नमारेको काङ्ग्रेस पनि नेपाललाई आफू भन्दा पर राख्न चाहदैन। फलस्वरूप कोटेश्वर अवस्थित माधव कुमार नेपालको निवास अहिले ३ शिर्ष दलका ३ अध्यक्षहरुको पानी पधेरो बनेको छ।

    अक्सर देख्नेहरुलाई काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न नपाएर दुखी छन् भन्ने लाग्छ। भागबन्डा अनुसार देउवाकै पालोमा गठबन्धन भत्किएको कुरा बितितै हुँदा नागरिकमा सो किसिमको सोच हुनु स्वभाविक पनि हो। तर हाल काङ्ग्रेस भने उस्तो ध्यायमा छैन। बरु सत्तामा दोस्रो शक्ति नै भएर बस्ने बानी परेको काङ्ग्रेसले यसपटक पनि रास्वपालाई प्रधानमन्त्रीको अफर गर्न थालेको छ।

    सरकार हेरफेर हुने भएपछि रन्थनिएको काङ्ग्रेस यतिबेला आफुलाई सत्ता प्रमुख बनाउने भन्दापनि आफ्नो समर्थनमा प्रधानमन्त्री बनिदिने पात्रको खोजमा छ। जसको सानो झिलको काङ्ग्रेसले रबिलाई गरेको प्रधानमन्त्रीको प्रस्ताव हो।

    एमाले, माओवादी,रास्वपा र जसपा बाहेक अन्य दलललाई बटुलेर कतै सरकार बनाउन पो सकिन्छ कि सोचेको काङ्ग्रेस मंगलवार देखी कसरत पनि थाल्यो। सुरुमा रन्थनिएर सास रहोउन्जेल आस मार्नु हुन्न भन्ने मान्यता तिर सोझिएका काङ्ग्रेस सभापति देउवा बुधबार श्रीमती आर्जु र पार्टी प्रमुख सचेतक लेखक बोकेर माधव निवास पुगे। जसोतसो छलफल गरि त्यहाँबाट निस्किएका देउवा उही साइत लोसपा अध्यक्ष महन्त ठाकुर निवास पुगे।

    देउवाले देखाएको यो सक्रियताले प्रचण्ड विकल्प सरकार बन्नेपो होकि भन्ने सम्मको अर्को सोच जन्माएपनि यथार्थमा भने यो त्यति सहज छैन। सरकार बनाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ।जुन जुटाउने सम्भावना र सामर्थ्य दुबै काङ्ग्रेसमा देखिदैन। संसदको सबैभन्दा ठूलो दल रहेपनी समानुपातिक र प्रत्यक्ष गरि उ संग जम्मा ८९ सांसद छन्।काङ्ग्रेसका उनै ८९ सांसदसंग बाकी रहेका एकीकृत समाजवादीका १०, जनमत ५, लोसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसद जोड्यो भने कुलमा १ सय ११ पुग्छ।

    यो हिसाबले काङ्ग्रेस सरकार निर्माण गर्न सक्ने अवस्थामा छैन। कारणवस काङ्ग्रेसको प्रस्तावलाई रास्वपाले स्वीकार्यो भने पनि रास्वपा संग भएको २२ सांसद १ सय ११ मा जोडिदा कुलमा सांसदकाे संख्या १ सय ३३ हुन पुग्छ। र फेरि पनि नेपाली काङ्ग्रेस बहुमत पुर्याउन असफल हुन्छ। यसरी हेर्दा नेपाली काङ्ग्रेस यसपटक कयौं प्रयासका बाबजुद पनि प्रतिपक्षी दल बन्ने निश्चित देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑