• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १२ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      २३ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      २३ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      २३ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    नेपालमा पहिलो पटक एआई आचार संहिता जारी

  • लाईभ नेपाल
  • २०८२ श्रावण ६, मंगलबार (१0 महिना अघि)
  • ७७८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता घोषणा गरेका हुन् ।

    एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ । उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।

    मिडिया सम्वन्धी धेरै काममा नेपालको पहिलो एआई अभ्यासकर्ता समेत रहेका भण्डारीले एआई सम्वन्धी नेपालको पहिलो आचार संहिता नै अनलाइन टिभी एआई आचार संहिता भएको दावी समेत गरे । सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले अनलाइन टिभी पत्रकार संघद्वारा सार्वजनिक गरिएको ‘एआई आचार संहिता 2082’ लाई नेपालकै पहिलो औपचारिक एआई आचार संहिता भएको दाबी गरेका छन् ।

    प्रविधिको परिवर्तनशील धार उल्लेख गर्दै उनले वर्तमान युगलाई ‘Prompt Engineering’ को युग भने। “अब निर्देश Prompt दिने शैली नै नयाँ कोड लेख्ने कला हो। तपाईंले एआईलाई कस्तो निर्देशन दिनुभयो भन्ने कुराले नतिजा तय गर्छ । यसले मानव सृजनात्मकताको अझै पनि मूल शक्ति भएको प्रमाण दिन्छ,” उनले बताए ।

    Deepfake प्रविधिबाट सत्य र झुटोको सीमा धमिलिँदै गएको सन्दर्भमा अधिकारीले नैतिक मूल्यहरूको आवश्यकता अझ बलियो भएकोमा जोड दिए। “Deepfake प्रविधिले सत्य र झुटोको सीमाना मेटाइरहेको अवस्थामा हामीले नैतिकताको दायरालाई मजबुत बनाउनैपर्छ,” अधिकारीले भने ।

    पत्रकारिता क्षेत्रमा एआई प्रयोगको सम्भावना र जिम्मेवारीबारे चर्चा गर्दै उनले भने: “अब एआई प्रयोग गरेर समाचार लेखन, तथ्य प्रमाणीकरण, र गलत सूचना नियन्त्रण गर्न सजिलो भएको छ। तर सत्य, जवाफदेहिता र मानव मूल्यहरू कहिल्यै गुम्न हुँदैन।” अनलाइन टिभी पत्रकार संघले एआई आचार संहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले अधिकारीले भने, “यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ।”

    संघले जारी गरेको आचार संहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै एआई आचार संहिता जारी गरिएको उल्लेख छ । एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचार संहिताको पहिलो बुँदामा लेखिएको छ ।

    त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ । व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिवद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।

    अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरुले यो आचार संहिता अनिवार्य पालना गर्नु पर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचार संहितामा लेखिएको संघका बरिष्ठ उपाध्यक्ष संजीव रेग्मीले जानकारी दिए । आचार संहिता यस संघका सवै सदस्यहरुका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरुका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाई छ ।

    इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑